नेभिगेशन
राष्ट्रिय

सडक विस्तारका क्रममा डोजर चालक कुटिए

राष्ट्रिय गौरवको आयोजना ‘कर्णाली करिडोर’ सिमकोट खार्पु सडक खण्ड विस्तारको क्रममा एक हुल आएर डोजर चालकमाथि निर्घात कुटपिट गरेका छन् । सडक विस्तारको काम भइरहेको बेला सिमकोट सडकखण्ड खन्र्नेक्रममा बुधबार विहान डोजर चालकमाथि अज्ञात समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।

उक्त समूहको आक्रमणमा परी चालक धादिङ्ग जिल्ला माजिष्टा गाउँपालिका १० का २१ बर्षिय राजेश चेपाङ्ग र हुम्ला जिल्ला सर्केगाढ गाउँपालिका २ रिप गाउँका २३ बर्षिय बिमल महतारा घाइते भएको प्रमुख जिल्ला अधिकारी चिरन्जीबि गिरीले जानकारी दिए ।
सडक विस्तार भईरहेको अवस्थामा काममा खटिएका चालकमाथि आक्रमण हुँदा चालक घाइते भएका छन् । चालकलाई उपचारका लागि अस्पताल पठाईएको छ ।

सिमकोट खार्पु सडकखण्ड विस्तारको क्रममा स्थानीयबासिन्दाले दुबै चालक माथि आक्रमण भएको थियो । सिमकोट गाउँपालिका ५ वडाका स्थानीय बासिन्दाहरुले आप्mनो खेतबारीमा सडक विस्तार गरेपछि मुअब्जा दिनु पर्ने माग राखेका छन । कतिपय बासिन्दाहरुको उब्जनी हुने खेतबारीमा सडक विस्तार गरेपछि आक्रोश पोखेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।