नेभिगेशन
चंखेली

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

जिल्लाको दक्षिण क्षेत्रबाट दुई जना महिलाको उद्धार गरीएको छ । जिल्लाको चंखेली गाउँपालिका वडा ४ निवासी ३३ वर्षिय हजारी र २६ वर्षिय गम्भीरा शाहीको उद्धार गरीएको हो ।

३३ वर्षिय शाहीलाई २० गते सुत्केरी व्यथा लागेको भएता पनि गाउँमै रहेको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि उच्च रक्तश्रावको मसस्या निम्तीएपछि बिहिबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरीएको जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम बहादुर सिंहले जानकारी दिनुभयो ।

गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार सफन नभएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयमा उद्धारका लागी हेलीकप्टर पठाउन पत्रचार गरेको पाँच दिन पछि उद्धार भएको प्रमुख सिंहले बताउनुभयो ।

यस्तै २६ वर्षिय शाहीको सुत्केरी व्यथा लागेको चार दिन पछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीले बताउनुभयो । 

असार २० गते हेलिकप्टर पठाउन पत्रचार गरेको भएता पनि लगातारको वर्षातका कारण उद्धारमा ढिलाई भएको हो । दुबै जनाको अबस्था गम्भीर रहेको र हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको हो । उनीहरु दुवैलाई चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ्गबाट सिधै उद्धार गरिएको मेल्छाम प्रहरी चौकीलाई उद्धिर्त गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुबेदीले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप चंखेली
कर्णालीमा बगेका ६६ वर्षिय वृद्धाको प्रहरीले यसरी बचायो ज्यान 

कर्णालीमा बगेका ६६ वर्षिय वृद्धाको प्रहरीले यसरी बचायो ज्यान 

खोलामा परेर करीव १० मिटर तलसम्म बगाएर लगेका वृद्ध शाहीलाई प्रहरीको सहयोगमा उद्धार गरि ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।