नेभिगेशन
राष्ट्रिय

जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै, जटिल बिरामी राख्न बेडको अभाव

पछिल्लो समय जिल्ला अस्पताल हुम्लामा बिरामीको संख्या बढ्दै जान थालेपछि बिरामीलाई राख्ने बेडको अभाव हुन थालेको छ ।

वर्षायाममा हुने मौसम परिवर्तन लगायतका कारण जिल्लामा विरामीको संख्या बढेपछि अस्पताललाई उपचारमा समेत कठिनाई भएको हो । निकै थोरै बेडको व्यवस्था भएको अस्पतालमा जटिल प्रकृतीका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि भर्ना गरेर राख्ने बेडको अभाव हुन थालेपछि यस्तो समस्या भएको जिल्ला अस्पतालका टसी लमाले जानकारी दिए ।

असार दोस्रो सातायता जिल्ला अस्पतालको चाप बढ्दै जान थालेपछि भर्ना गरेर राख्ने बिरामीका लागि बेडको समस्या भएको डा. टसीले जानकारी बताउनुभयो । सदरमुकाम आसपासका क्षेत्र सहित सदरमुकामबाट दैनिक दिन जिल्ला अस्पतालमा ८० देखि ९० जना बिरामी उपचारको लागी आउने गरेको डाक्टर लामाले जानकारी दिए ।

१५ शैया बेड क्षमता भएको जिल्ला अस्पतालमा विरामीको चाप दैनिक दिन बढेपछि बेड भरीभराउ हुनुको साथै अस्पताल भर्ना भएका जटिल केशका विरामीलाई भुईमा राखेर उपचार गर्नु पर्ने बाध्यता रहेको डाक्टर लामाले बताए ।

एक कोठामा ६ बेड राखेर बिरामीको उपचार गर्नु पर्ने अवस्था निकै जटिल छ’ बिरामीको स्वास्थ्य उपचारका लागि अस्पतालको ओपेडिमा रहेका डा. लामाले जानकारी दिए । ‘जिल्ला अस्पतालमा विरामी उपचार गर्नका लागी कोठा अभाव भएको छ । डा. लामाले भने, ‘१५ शैयाको अस्पतालमा कोठाको अभाव हुँदा बेडहरु कोचिएर १५ देखि २० सम्म राख्नुपर्ने अवस्था रहेको छ ।

यतिबेला जिल्ला अस्पताल हुम्लामा मौसम परिवर्तनका कारण झाडा पखाला, दम, मुटु रोग लगायतका विरामी बढी आउने गरेका छन् । जिल्ला अस्पतालमा भर्ना भएका बिरामी बृद्धबृद्धा र बालबालिका बढी रहेको उल्लेख गरेका डा. लामाले केही दिन अगाडीसम्म कोरोना संक्रमणको कारण बन्दाबन्दी भएका बेला अस्पतालका बेडहरु खाली भएको भएता पनि पछिल्लो समय बन्दाबन्दी खुकुलो भएपछि अस्पतालमा उपचारका लागी आउने बिरामीको संख्या बढेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।