नेभिगेशन
राष्ट्रिय

तीन वर्ष पछि विपद प्रतिकार्य

जिल्लाभर बाढी पहिरो र प्रकोपका घटना घटिरहेका बेला तीन वर्षपछि जिल्ला प्रकोप उद्धार समिति हुम्लाले जिल्ला विपत् प्रतिकार्य योजना अद्यावधीको काम थालेको छ ।

जिल्ला प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरिको अध्यक्षतामा बसेको जिल्ला प्रकोप उद्धार समितिको बैठकले योजनाको अद्यावधीको काम शुरु गरेको हो ।

जिल्ला समन्वय समितिको सभाकक्षमा बुधबार बसेको बैठकले उक्त योजनाको अद्यावधी गर्ने कामको थालनी गरेको हो ।

२०७४ सालदेखि अद्यावधी हुन नसकेको योजना तीन वर्षपछि समितिले अद्याववधी गर्न थालेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गिरिले जानकारी दिनुभयो । जिल्लामा आउनसक्ने संभावित प्रकोपका क्षेत्रहरुको नक्सांकन गर्ने र त्यसमा अपनुउने पर्ने प्रतिकार्य योजनाका बारेमा तयार पारिएको प्रारम्भीक योजनामा छलफल गर्दै जिल्लाका सरोकारवाला निकायले प्रकोप प्रतिकार्य योजना कार्यान्वयन गर्ने खालको हुनुपर्नेमा जोड दिए ।

बैठकमा सहभागि भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य विजय भण्डारी प्रतिरोधले जिल्लाको प्रतिकार्य योजना अनुसार विषयगत कार्यालयहरुले कार्यान्वयन गर्नुपर्नेमा जोड दिदैं जिल्लाको प्रकोप उद्धार कोषलाई बढाउनु पर्नेमा जोड दिए ।

जिल्लाका विषयगत कार्यालय, राजनीति दल, स्थानीय तहका जनप्रतिनिधिहरु सहभागि भएको बैठकले निर्माणको क्रममा रहेको जिल्लाको प्रतिकार्य योजनामा छुट भएका विषयलाई समावेश गर्दे थप प्रभावकारी बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गिरिले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले योजनाले अघि सारेका आठ वटा क्लष्टरको क्षेत्रगत योजना निर्माण गर्दै जिल्ला प्रकोप प्रतिकार्य योजनालाई अन्तिम रुप दिन जिल्ला प्रकोप उद्धार समितिको बैठक पुन बस्ने निर्णय भएको छ ।

बैठकमा प्रतिकार्य योजनाको मस्यौदा प्रस्तुत गर्दै नेपाल रेडक्रम सोशाइटि हुम्लाका मन्त्री छेपालदोर्जे लामाले प्रतिकार्य योजना भएकाले बौकी रहेका विषयलाई समावेश गर्दै जाने प्रतिवद्धता व्यत्त गरे ।

बैठकमा सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, नोपाली कांग्रेसका सचिव मोहनविक्रम सिंह, हुम्ला उद्योग बाणीज्य संघका अध्यक्ष नाम्ग्याल तामांग लगायत जिल्लाका राजनीतिक दलका नेता, कार्यालयका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको बताइएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।