नेभिगेशन
विदेश

भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प

कराकस, ६ भदौ । भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन ।

त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन । भेनेजुएलाको भू–गर्भ विभागका अनुसार स्थानीय समायानुसार मङ्गलबार अपराह्न ५ः३१ मा गएको यस भूकम्पको केन्द्रविन्दु यागरापारो शहरबाट १९ किलोमिटर दक्षिणपूर्वमा भएको जनाइएको छ । 

भूकम्पको कम्पन नुएभा, इस्पार्टा, मोनागास, बोलिभार, डेल्टा आमाक्यरो आरागुआ र काराबोबोलगायत क्षेत्र वरपर महसूस गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 

शक्तिशाली भूकम्पको यस कम्पनपछि सडक र पर्खालहरुमा चिराहरु देखा परेका बताइएको छ । यस भूकम्पको कम्पन कोलम्बियाको राजधानी बोगोटासम्म महसुश गरिएको थियो । 

सो भूकम्पपछि त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलसमेत केही समयको लागि बन्द गरिएको बताइएको छ । 

भेनेजुएलामा महंगीको चरम नमूना : एक किलो गोलभेडाको मूल्य ५० लाख, कफीको २५ लाख !

युएस प्यासिफिक सुनामी वार्निङ सेन्टरले सो भूकम्पपछि भीषण सुनामीको छाल उठ्ने सम्भावना रहेको चेतावती दिएको थियो तर पछि भने सुनामीको जोखिम घटेको भन्दै उक्त चेतावनीयुक्त सूचना फिर्ता लिएको थियो । 

भूकम्पको विषयमा विश्वभरी नै निगरानी राख्ने अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले भेनेजुएलामा हिजो आएको भूकम्प १९९० यताको नै सबैभन्दा शक्तिशाली भएको जानकारी दिएको छ । (रासस/एपी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विदेश
मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी...
 बंगलादेशमा थप संकट चुलिदैं: प्रधानन्यायधिस पछि थप ५ न्यायधिसले पनि दिए राजिनामा

 बंगलादेशमा थप संकट चुलिदैं: प्रधानन्यायधिस पछि थप ५ न्यायधिसले पनि दिए राजिनामा

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन तथा न्याय महाशाखाका सचिव मोहम्मद गुलाम सरवारले शनिबार राजपत्रमा सूचना जारी गरी सो जानकारी दिएका हुन् । न्यायाधीशहरुले हिजो साँझ कानून...
नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

८४ बर्षिय यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।