नेभिगेशन
राष्ट्रिय

‘कर्णाली प्रदेश सरकारले अब मुद्धती खाताकै स्वरुपमा काम गर्छु मन्त्री बुढा

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री नन्दसिंह बुढाले प्रदेश सरकारले अब मुद्धती खताले ब्याज दिएझै प्रदेशका नागरिकलार्य सेवा सुविधा दिने गरेर काम गर्ने बताएका छन् ।

सिमकोट गाउँपालिका ७ डाँडाफयाको ओख्रेनामा शुरु हुन लागेको गेट वे कैलास होम स्टेको उद्घाटन तथा आप्mना कार्यालयहरुको अनुगमनका क्रममा हुम्ला सदरमुकाम सिमकोट पुगेका मन्त्री बुढाले यस्तो बताएका हुन् । प्रदेश सरकार नयाँ संरचना भएको हुनाले कानून निर्माणमा भएको ढिलाई, संघबाट कर्मचारी आउन नमान्ने जस्ता समस्याले गर्दा केही परिणाम निस्कन नसेको स्विार गर्दे मन्त्री बुढाले यो वर्षदेखि प्रदेश सरकारले ग्राहकले बैंकको मुद्धती खातामा रकम राखेर ब्याज पाएकै स्वरुपमा सरकारबाट नागरिकले सेवा र सुविधा प्राप्त गर्ने जिकिर गरे ।

‘हामीले ९प्रदेश सरकारले० प्राय कानून निर्माणको काम सकेको छ ।ु उनले भने, ‘अब प्रदेशमा आवश्यक पर्ने कर्मचारी नियुक्ती गर्न प्रदे शलोकसेवा आयोग गठन हुन्छ र त्यसले कर्मचारी अभावको ठूलो समस्यालाई पुर्ति गर्छ । त्यसपछि सरकारले रप्mतारमा आप्mना काम दशवटै जिल्लाका नागरिकले प्रत्याभुत गर्ने गरी कार्यक्रमको कार्यान्वयन गर्छ ।ु

विदेशबाट आएका नागरिकलाई रोजगारी पहिलो प्राथमिता

मन्त्री बुढाले कोरोना भाइरसका कारण रोजगार खोसिएर स्वदेश फर्किएका प्रदेशका १५ देखि २० हजार नागरिकलाई रोजगार दिने काम सरकारको पहिलो प्राथमितामा रहेको बताए । हुम्ला सदरमुकाम सिमकोट पुगेलगत्तै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० हुम्लाका नेता तथा कार्यकर्तासँग कुराकानी गर्दै मन्त्री बुढाले प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले रोजगार खोसिएका नागरिकलाई रोजगार दिने काम यो आर्थिक वर्षमा पहिलो प्राथमिकतामा प्रदेश सरकारले राखेको उल्लेख गरे ।

प्रदेशका सबै नागरिकलाई रोजगारी सृजना गर्ने गरी प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रममा चार अर्ब रकम विनियोजन गरेको छ, उनले भने प्रदेशका अन्य मन्त्रालयमा भएका कार्यक्रममासमेत बेरोजगारलाई रोजगारी दिनेतर्फ अग्रसर रहने नीति अख्तियार गरेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।