नेभिगेशन
सिमकोट

साउनपुर्णिमाको खर्च जोहो गर्न तरकारी विक्री

जिल्ला सदरमुकाम सिमकोटका चोकहरुमा यतिबेला साउने पुर्णिमाको जोहो गर्न गाउँघरका महिलाहरु तरीकारी विmक्रीमा व्यस्त देखिएका छन् । हवाई उडान नियमीत नहुँदा जिल्लाबाहिरबाट नियमीत तरकारी सिमकोट नपुग्दा गाउँघरबाट विक्रीका लागी सिमकोट ल्याइएको तरकारी कृषकले विक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । कृषकहरुले गाउँमा उतपादन गरेर विक्रीका लाथगी जिलला सदरमुकाम सिमकोटमा ल्याउने गर्दछन् भने यसबाट अलिकति भएपछि घर खर्च चल्ने गरेको बताउने गरेका छन् ।

सदरमुकाम नजिक रहेका ठेहे, छिप्रा, माजा, नल्ला गाउँबाट यतिबेला खुर्सानी, टमाटर, भेण्टा लगायत अन्य तरकारी सिमकोटमा सहजै पाउन थालेको छ । गाउँघरबाट कृषकहरुले विक्रीका लागी सिमकोट ल्याइएको खुर्सानी प्रति केजी १ सय ५०, टमाटरको २ सय र भेण्टाको रु २ सय मुल्य पर्ने गरेको छ । तरकारी विक्री गरेर साउनपुर्णिको समयमा नुन,तेल, सजिलो भएको जिल्लाका कृषकहरुले बताउने गरेका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्