नेभिगेशन
मनोरञ्जन

हुम्लामा तीजको रमझम,


कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणको संख्या देशभर बढ्दै गएपछि नेपाली हिन्दु नारीहरुको महान चार्ड तीज कोठामा सिमित भएको बेला हिमाली जिल्ला हुम्लाका महिलाले धुमधामका साथ मनाएका छन् ।

कोरोना संक्रमणको संख्या सुन्य भएको हुम्लाका नारीहरुलाई कोरोना त्रासले नछोएपछि विगतका वर्ष झैं यो वर्षपनि आज बिहानै देखि धुमधामका साथ मनाएका छन् । जिल्लाका महिलाहरुले स्थानीय स्तरमा भएका शिवालयमा गएर तामझामका साथ तीज मनाएका हुन् । आज बिहानै देखि शिव मन्दिरमा हुल बाँधेर गएका सदरमुकाम सिमकोटमा भएका हिन्दु महिलाहरुले नाचगान र पुजाआजाका साथ तीज मनाएका छन् । देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी भएका बेला हुम्लाका महिलाहरुले विभिन्न बस्तीबाट नाचगान गर्दै मन्दिरमा गएर धुमधामसँग तीजको रमाइलो गरेका छन् ।
आप्mना पतिको दिर्घायुको कामना गर्दै बिहानै देखि ब्रत बसेका महिलाहरुले सिमकोटको खाद्यक गाउँ नजिकै भएको शिव मन्दिरमा पुजाआजा गरेर धुमधामका साथ मनाएका छन् ।

कोरोना संक्रमणको संख्या सुन्य भएर सकारले नैं हुम्लालाई कोरोना संक्रमणको दृष्टिले ग्रीनजोनका रुपमा राखिएकाले पनि हुम्लाका महिलाले यो वर्षको तीज विगतका वर्ष झैं तामझामका साथ मनाएको सिमकोट ५ का शुसिला रोकायाले जानकारी दिनुभयो । विगतका वर्ष भन्दा शिव मन्दिरमा पुजा गर्न जानेको भिंड यो वर्ष झन धेरै देखियो, उनले भनिन, ग्रीनजोनका रुपमा रहेको हुम्लाका संक्रमितको संख्या पनि नभएको र कोरोनादेखि जिल्लाका नागरिकमा खासै त्रास पनि नभएकाले तीज मनाउन कुनै बाधा नभएको हो ।

बिहान सात बजेदेखि नै शिव मन्दिरमा पुजाआज गर्न आउने महिलाको भिंड लागेको शिव मन्दिरका पुजारी गोविन्द प्रसाद उपाध्ययले बताउनुभयो । ठुलै हुलमा आएका महिलाहरुले बिहानै देखि नाचगान गरेको उल्लेख गरेका उपाध्ययले कसैमा पनि कोरोना भाइरसको त्रास नदेखिएको उल्लेख गरे ।

तर पुजाआजका लागि शिव मन्दिर पुगेकी स्थानीय दिपकला भण्डारीले भौतिक उपस्थिती विगतका वर्ष जस्तै भएपनि मानसिक रुपमा त्रास कायमै रहेको उल्लेख गरिन् । आप्ना श्रीमानको दिर्घायुको कामना गर्दै निराहार वर्त बसेकाले साथीहरुसँग पुजाआजाका लागि मन्दिरमा गएको उल्लेख गरेकी भण्डारीले गएका वर्ष झैं मनैदेखि खुलेर नाचागान नगरेको प्रतिक्रिया दिइन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

अदानचुलीको श्रीनगरमा शुक्रबारदेखि सुरु भएको महोत्सव शनिबार सम्पन्न हुने भएको छ । पहिलो दिउँसोबाट सुरु भएको महोत्सव शनिबार विहान आठ बजेबाट सञ्चालन हुने भएको जानकारी प्राप्त भएको छ...
कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

अदानचुली गाउँपालिकाको वडा नम्बर १ को महतारा गाउँ, २ को माझखाडा, ४ कोलौठी, ५ को काँखे खार्पुनाथको लाली र छिप्रा, सिमकोटको सिमकोट, ठेहे, स्याँडा, सर्केगाडको मैला, रामा, पादा,...