नेभिगेशन
राष्ट्रिय

बेबारिसे अवस्थामा रहेको काठ नियन्त्रणमा

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ४ खार्पुदोभानामा बेबारिसे अवस्थामा राखेको काठ नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयबाट खटिएको टोली खार्पुनाथ प्रहरी चौकीको संयुक्त टोलीबाद्धारा बाटोमा बेवारिसे अवस्थामा राखिएको १ सय ९० थान काठको ढ्याप र २४ थान कडी नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख निरज झा ले जानकारी दिनुभयो ।यन्त्रणमा लिइएको काठ मध्य १ सय ४१ थान ढ्याप डिबिजन बन कार्यालय सिमकोटमा ल्याइएको र बाँकी ७८ थान काठ खार्पुनाथ प्रहरी चौकीको जिम्मामा छोडेको प्रमुख झाले बताउनुभयो । काठ कस्को हो अहिले सम्म कसैले पनि आफ्नो भनेर दाबि नगरेको समेत प्रमुख झाले बताउनु भयो । बरामद काठ सबै सिमकोटमा पुगे पछि मुचुल्का उठाई १५ दिने दाबि बिरोधको लागी सुचाना निकाल्ने समेत प्रमुख झाले बताउनु भयो । १५ दिन सम्म कोही सम्पर्कमा नआए वन निति अनुसार अगाडी बढ्ने डिभिजन वन कार्यालय हुमलाले जानकारी दिएको छ ।

हुम्लाको स्थानीय स्तरको मुल्य अनुसार १९० ढ्याप काठ प्रति काठ २ क्युफिटको दर ३८० क्युफिट रहेको छ । गाउँघरको मुल्य प्रति क्युफिट १ हजार २ सय रुपैंया रहेको छ । यसरी हेर्दा सो काठको मुल्य ४ लाख ६० हजारको रहेको छ भने सरकारी रेट अनुसार १ लाख ९० हजार रहेको छ । सरकारी रेट प्रति क्युफिट १ सय रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।