नेभिगेशन
राष्ट्रिय

पाँच दिन देखि टेलिफोन सेवा अवरुद्ध

हुम्लाको उत्तरी क्षेत्रमा रहेका दुईवटा गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिमकोट वडा वडा – ८ धारापोरीमा रहेको टावरमा खरावी आएका कारण पाँच दिन देखि त्यस क्षेत्रका नागरीक टेलिफोन सेवाको पहुँचबाट टाढा रहेको स्थानीय नुर्वु बुढाले जानकारी दिनुभयो । धारापोरी टावरमा खरावी आएका कारण दुई गाउँपालिकाका सेवाग्राहीलाई समस्या निम्त्याएको छ ।

वडा – ८ धारापोरीको ठाडा ढुङ्गगामा लेखमा रहेको नमस्ते टेलिफोनको टावरमा खराबी आउँदा स्याडा, डाडाफया, चौगनफाय, धारापोरी, खोल्सी र नामगा गाउँपालिकाको हेप्का, धिगाँ, लगायत गाउँका स्थानीय सञ्चार सेवाबाट बन्चित रहेको खोल्सीबाट बम बहादुर थापाले जानकारी दिनुभयो ।
पाँच दिन देखि टेलिफोन सेवाले काम नगर्दा त्यहाँका स्थानीय सञ्चारबाट विच्छेद हुनुका साथै टाढा रहेका आफन्त सँग टेलिफोनमा कुराकानी गर्न नसकेको थापाले बताउनुभयो ।

मर्मतको लागी नेपाल टेलिकम शाखा सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरेको स्थानीयले बताउने गरेका छन् ।
नमस्ते टेलिफोनको टावरले राम्रो काम नगर्दा त्यहाँका स्थानीयले बारम्बार समस्या भोग्दै आउनुपरेको छ ।

टेलिफिोन सेवा अवरुद्ध हुँदा टाढा रहेका आफन्त तथा गाउँघरका सुचना सम्प्रेषण गर्न समस्या बनाएको थापाले बताउनुभयो ।
गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको उनले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।