नेभिगेशन
राष्ट्रिय

नेपालमा थप २८ सय ५६ जनामा कोरोना संक्रमण

काठमाडौं । आज देशभर पछिल्लो २४ घण्टामा थप २८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप संक्रमितमध्ये काठमाडौं उपत्यकाका १५ सय ३५ जना रहेका छन् । यो अवधिमा १२ हजार तीन सय ११ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो समेत देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ । यो अवधिमा देशभरबाट ३३ सय २६ संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

हालसम्म एक लाख आठ हजार तीन सय ३४ जना संक्रमणमुक्त भइरहेको मन्त्रालयले जनाएको छ ।

देशभर हाल ४५ हजार पाँच सय ७२ जना सक्रिय संक्रमित छन् । संक्रिय संक्रमित हिजोको तुलनामा घटेको हो । संक्रमितमध्ये दुई सय ७७ जनाको आइसियूमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देशमा हालसम्म एक लाख ५८ हजार ८९ जना संक्रमित संख्या पुगेको छ । कुल ८ सय ४७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।