नेभिगेशन
राष्ट्रिय

यस्तो छ प्रहरीको विशेष सुरक्षा योजना

काठमाडौं । दसैँतिहार, छठलगायतका महत्वपूर्ण चाडबाडको समयमा हुने चोरी, ठगी तथा अवाञ्छित गतिविधि रोक्न प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

काठमाडौँ उपत्यकासहित देशभरमा लागु हुने गरी सुरक्षा योजना कार्यान्वयमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ । भीडभाड हुन नदिने, बिभिन्न बसपार्कहरुमा यात्रुलाई ठगिन नदिने, बढी भाडा लिनेहरूलाई कारबाहीका लागि सुरक्षा योजना बनाइएको ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताए ।

योजना अन्तर्गगत बिभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको र यातायात व्यवसायी र बसकाउन्टरमा काम गर्ने कर्मचारीको परिचयपत्रमा कडाइ गरिएको छ । अनुगमनको लागि ३२ जनाको ८ वटा टोली परिचालन गरिएको महाशाखा प्रमुख ढकालले जानकारी दिए । सुरक्षा योजना कार्यान्वयनमा आएपछि दैनिक ३०÷४० जना बस व्यवसायी र चालक, सहचालक कारबाहीमा पर्ने गरेका छन् ।

दुर्घटना रोक्नका लागि काठमाडौँ उपत्यका बाहेकका बाहिरी जिल्लामा पनि मादक पदार्थ सेवन गरेको वा नगरेको थाहा पाउन जाँग भइरहेको प्रहरीले जनाएको छ ।

नोबेल कोरोना भाइरसको महामारीका कारण यो वर्ष गत सालको तुलनामा एक चौथाइ मात्र सवारीसाधन उपत्यकाबाट बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।