नेभिगेशन
राष्ट्रिय

चारदिन देखि सिमकोटमा विद्युत अवरुद्ध

हुम्लाको सिमकोट गाउँपालिका वडा सातको १ सय ५० घरधुरी चार दिन देखि अन्धकारमा बस्दै आएका छन् ।

हिल्सा सिमकोट सडक खण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा सातको चौकेधारामा विद्युतको पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका छन् ।

साविकको डाडाफयाको जबुका, थाया,ओखरेन, चुकेडी र दलित वस्तिका गरी एक सय ५० घरधुरी अनधकारमा बस्दै आएको स्थानीय मन्दिर सिंहले जानकारी दिए ।

अवरुद्ध भएको विद्युत सेवा मर्मत गर्नका सम्बन्धित नेपाल विद्युत प्राधिकरण कार्यायलमा जानकारी गराउँदा ठेकेदारले सडक चिौडा गर्नेक्रममा पोल ढालेको हुनाले आफुहरुले मर्मत नगर्ने जवाफ दिएको स्थानीय सिंहले बताए ।

उता ठेकेदार कम्पनीका ठेकेदारलाई मर्मतका लागी कुरा कुनै वास्ता नगरेको पाइएको छ ।  विद्युत सेवा शुचारु नहुँदा यहाँका स्थानीयले विगतको जस्तै सल्लाहको दियालो बालेर रात विताउनुपरेको गुनासो गर्न थालेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।