नेभिगेशन
राष्ट्रिय

लिमाटाङ्ग पुग्न घोडामा सवार मुख्यमन्त्री शाही लडेर सामान्य घाइते, हेलिकप्टोर मार्फत सिमकोट ल्याइयो

हुम्ला
शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा तीनको तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको विचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका छन् ।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायहरुले घोडामा चड्नका लागी स्वागत गरेपछि उक्त घोडाबाट लडेर मुख्यमन्त्री शाही सामान्य घाइते भएका हुन् । मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइतेभएको सम्बिन्धतस्थलमा पुगेका नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीलाई अहिले तोर्पा गाउँबाट सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ । मुख्य शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसी लगायतका नेता तथा कार्यकर्ताको उस्थित रहेको थियो ।

कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विजय भण्डारी हेलिकप्टरमा मुख्यमन्त्री शाहीलाई उद्धार गरी सिमकोट पुगेका छन् । सिमकोट पुगेका मुख्यमन्त्री शाहीको अवस्था सामान्य रहेको जनाइएको छ । यस्तै प्रदेशका प्रवक्ता मन्त्री केसी गाउँमै रहेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।