नेभिगेशन
राष्ट्रिय

अपडेटः हेलिकोप्टरबाट मुख्यमन्त्री शाहीलाई सुर्खेत लगियो

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएपछि थप उपचारका लागी सिमकोट विमानस्थलमा टेकअपगरी साढे पाँचबजे सुर्खेत लगिएको छ ।

कर्णाली प्रदेश सरकारले शुरु गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका वडा – ३ को लिमाटाङ जाने क्रममा मुख्यमन्त्री शाही लडेर सामान्य घाइते भएपछि हेलिकोप्टरबाट सुर्खेत लगिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिनुभयो ।

सिमकोटबाट गाडीमा गएका मुख्यमन्त्री शाहीलाई आधाबाटो बाट घोडा चढाइएको थियो । मुख्यमन्त्री शाहीले चढेको घोडा तर्सिदा लडेर घाइते भएको घटनास्थलमा भएका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अर्जुन बाृेहराले जानकारी दिनुभयो ।

यस्तै मुख्यमन्त्रीको टोलीले हिल्दुम विद्युत वितरण केन्द्र र प्रदेश सरकारबाट सञ्चालीत योजनाहरुको अनुगमन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।