नेभिगेशन
राष्ट्रिय

विद्युत तोड्फोड : एकजना प्रहरी नियन्त्रणमा

विकास प्रेमीको नारा घन्काउने नै विकास विरोधी भएर हुम्लाको राया खोला जलविद्युत आयोजना तोडफोड गर्नमा संलग्न भएको पाइएको छ । तोड्फोड गर्ने नेपाली कांग्रेस सर्मथित एकजना स्थानीयलाई प्रहरीले अनुसन्धानका लगी नियन्त्रणमा लिएको छ । निर्माण सम्पन्न भएर कात्तिक १४ गते उद्घाटन भएको राया खोला जलविद्युत आयोजना दुई दिनपछि तोडफोड गरीएको हो ।

रायामा १७ वर्ष देखि बन्न नसकेको विद्युत आयोजना निर्माण गरी गाउँमा दुई दिन बत्ती बलेको भएपनि उपभोक्ता समितीका छोरा सहितका समुहले तोडफोड गरेका छन् ।

गाउँमा बत्ती बलेको २ दिन वित्न नपाउँदै विभिन्न रणनीति अपनाई नयाँ निर्माण समितिद्वारा पावरहाउस तोडफोड गरी पुराना उपभोक्ता समितीलाई आरोप लगाइएको स्थानीय दानसिंह बुढाले बताउनुभयो ।

पावरहाउस तोडफोड गर्नेमा अहिले नयाँ जलविद्युत कार्यसमितीको अध्यक्ष टेक बुढाका छोरा मोहन बुढा, गाउँका युवा नन्द बुढा समेत रहेको स्थानीयवासी बुढाले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष समेत रहेका कर्ण रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्मथितले विद्युत तोडफोड गरेको आरोप लगाएका थिए ।

यस्तै नेकपाले कांग्रेसले झुठो आरोप लगाउनुका साथै आफुहरु नभएको यदि प्रमाण भेटाए सजाय भोग्न र त्यसको भागीदार हुने प्रेम बुढाले बताउनुभयो । आफुहरुले नरेको कामको आरोप लगाएको प्रति बुढाले खण्डन गरेका थिए । विद्युत तोडफोड गर्नेहरुलाई आफुहरुले नछोडे उनको भनाइ रहेको छ ।

यसरी नयाँ उपभोक्ता समितीले रणनीति बनाएर आफै तोडफोड गर्ने तर पुराना उपभोक्ता समितीलाई आरोप लगाएको भन्दै उनीहरुले खण्डन गरेका छन् । सोझा नागरीकलाई आरोप लगाई उनिहरुको चरित्र हत्या गर्नु कत्तीको लाजमर्दो ब्यवहार हो आफै अनुमान लगाउन सकिन्छ । 

२०६१ सालमा शुरु भएको आयोजनाका लागि साविकको राया गाविस, स्नोल्यान्ड एकीकृत विकास केन्द्र नेपाल, वैकल्पिक उर्जा र खार्पुनाथ गाउँपालिकाको करोडौँ रकम खर्च गर्दा पनि तत्कालीन विद्युत निर्माण समितिले काम नगरी रकम मात्र हिनामिना गरेको भनेर राया गाउँका युवाहरू जागरुक भई पुरानो निर्माण समिति खारेज गरी नयाँ समिति बनाएका थिए । सो नयाँ समितिले विद्युत निर्माणको कार्य धमाधम अगाडि बढाई गाउँमा बत्ती बाल्ने प्रण गरेको थियो । गाउँहरु सवै खुशी थिए र विद्युत निर्माण कार्य थालनी भैसकेको थियो । तर बिडम्ब्ना नंया विद्युत निर्माण कार्यसमितीले आफसी द्धन्द्ध निम्त्याउँदै आफैले निर्माण गरेको पावरहाउस तोडफोड गरि विद्युत निर्माण कार्यमा अवरोध पार्नुका साथै पुरानो निर्माण समितिका अगुवालाई आरोप लगाइएको थियो ।

निर्माण पश्चात उद्घाटनका लागी कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवन बहादुर शाही उपस्थित रहेका थिए ।
गाउँ नै अन्धकारमा राख्ने र अरुको चरीत्र हत्या गर्नेलाई पुराना समितीले कारबाहिको माग गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।