नेभिगेशन
राष्ट्रिय

तीन करोडमा बनेको भवन काठको घोचो हालेर उद्घाटन

बुधबार स्वास्थ्य सेवा कार्यालय हुम्लाले रु ३ करोड बराबरको लगनीमा निर्माण सम्पन्न गरेको भवनको उद्घाटन घोचो हालेर गरेको छ ।
उद्घाटन शिलापत्रमा काठको घोचो लगाएरै कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनीले उद्घाटन गरेका छन् । कर्णाली प्रदेशका प्रमुख नैं प्रमुख अतिथिका रुपमा रहेको उक्त कार्यक्रममा शिलापत्रलाई कार्यालयको गेटमा काठको टुक्राले घोचो लगाएर काम चलाउ गरेर उद्घाटन गरिएको हो ।

व्यवस्थापनको कम्जोरीका कारण नयाँ बनेको प्रशासनको भवनमा रहेको शिलापत्रमा काठको घोचो हालिएको थियो । उद्घाटनमा हुम्ला पुगेका कर्णाली प्रदेशका प्रमुख कलौनीले त्यहि काठको घोचोमा अड्काएर राखिएको शिलापत्रको उद्घाटन गर्नुभएको हो ।
संघ सरकार मार्फत विनियोजित रकमबाट भवन डिभिजन कार्यालय जुम्लाले सो कार्यालय निर्माण गरिएको हो । “भवन निर्माण गर्दा २ करोड ९७ लाख ९१ हजार ७ सय २२ रुपैँया ८९ पैसाको लागत रकममा सम्पन्न भएको हो” । तर उद्घाटन कार्यक्रम अव्यवस्थित भएको सहभागीहरुले बताएका छन् । यत्रो रकमबाट बनेको भवन उद्घाटन गर्दा स्वास्थ्य कार्यालय शिलापत्र अडिने स्थान राम्रो बनाउन नसकेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।