नेभिगेशन
राष्ट्रिय

४० लाखमा निर्माण हुँदै गरेको हेड नेपालको भवन मन्त्री रावलद्धारा अनुगमन

सदरमुकाम सिमकोटमा रहेको हेड नेपालको नव निर्मित भवनको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अनुगमन गरेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको २० लाख, प्रतिनिधि सभाका सदस्य छक्क बहादुर लामाको सांसद कोषबाट १० लाख र हेड नेपाल म्याजिङ कोषबाट १० लाख गरि जम्मा ४० लाखमा सो भवन निर्माण कार्य भइरहेको छ ।


हाल सो भवनको एक तले समेत उठाई सकेको हेड नेपालका कार्यकारी निर्देशक छिटुप लामाले बताएका छन् । विश्व महामारिको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा यो वर्ष हेड नेपाललाई सहयोग गर्ने विदेसी दाताहरुले सहयोग नगरेपछि हेड नेपाल संस्था बसेको घरभाडा समेत तिर्नलाई समस्या भएको लामाले गुनासो गरेका थिए ।


निर्देशक लामाका अनुसार कोरोना त्रासका कारण कसैले पनि आर्थिक सहयोग नगरेपछि कार्यालयदेखि विद्यार्थीहरुलाई व्यवस्थापन गर्न समेत कठिनाई भएको छ । आफु विदेशमा गएर अध्यायन गरे पनि हुम्लामै आएर केही गरौँ भन्ने चाहाना थियो । अन्तमा कोही कसैले सहयोग नगरेको उनको गुनासो छ ।


तर आज समाजिक विकास मन्त्री दल रावलले सो भवन अनुगमन गरेका छन् । अनुगमनका क्रममा हेड नेपालले मागेको माग भनेको साझा हो यसमा सरकारले जसरी पनि सहयोगको भावना राख्नु कर्तव्य पनि हो । आफ्नो तर्फबाट पनि सो संस्थालाई हेरफेर गरि रहेने समाजिक विकास मन्त्री दल रावलले आश्वासन दिएका छन् ।


गएको वर्ष हेड नेपाल परिवारले देउसी खेलेर उठाएको रकमबाट जग्गा किनेको भए पनि यो वर्ष सामाजिक विकास मन्त्रालय, सांसदकोष र हेड नेपाल म्याजिङ कोषबाट हाल आफ्नो भवन निर्माणको कार्य तिव्र रुपमा गरि रहेको निर्देशक लामाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।