नेभिगेशन
राष्ट्रिय

कोरोना मुक्त हुम्लामा ४ जना नयाँ संक्रमित : एक हप्तामै ठुला कार्यक्रम

कात्तिक १८ गते देखि कोरोना संक्रमण मुक्त भएको हुम्लामा विहिबार राती नयाँ संक्रमित भेटिएका छन् । कोरोना लक्षण भएको आशंकामा स्वाव परिक्षण गरी सुर्खेत पठाउँदा विहिबार राती १० बजे ४ जनामा कोरोना पोजेटिभ देखाएको हो ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका ५ जना स्थानीयको स्वाव परिक्षण गर्दा एक जना नेगेटिभ अन्य ४ जनामा पोजेटिभ देखाएको जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।

कोरोना परिक्षणका लागी प्रदेश राजधानी सुर्खेत पठाइएको स्वावमा ६३,६०,३१, र १६ वर्ष उमेर समुहका याल्वाङका स्थानीय रहेको फडेराले बताउनुभयो । दुई जना महिना र दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

एक हप्तामै ठुला कार्यक्रम

कोरोना मुक्त भएको एक हप्ताको अवधिमा हुम्लामा ठुला ठुला कार्यक्रम, उद्घाटन आमसभा लगायत मानिसको भिडभाड बाक्लो उपस्थित हुने गरेको थियो ।

कोरोना संक्रमणको कुनै प्रवाह नगरी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले दुई दिन अगाडी मात्रै ठुलो संख्यामा नागरीकको उपस्थित गराएर सावधानि विनै उद्घाटन कार्यक्रम गरेको थियो ।

हुम्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएपनि परिक्षणका लागी स्वाव संकलन नगरीदा संक्रमित नभेटिएको अगुवाहरुले बताउने गरेका छन् । यस्तै नाम्खा गाउँलिकाका ५ जनामा कोरोना आशंकामा स्वाव गरी परिक्षण गर्दा चार जनामा पोजेटिभ देखिएको हो ।

जिल्लामा पहिलो पटक असोज तीन गते एक जना युवतीमा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।