नेभिगेशन
नाम्खा

नाम्खा गाउँपालिका तीन दिनका लागि सिल

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र आजदेखि तीन दिनका लागी सिल गरिएको छ ।

नाम्खा गाउँपालिकाको याल्वाङ स्थित महावौद्ध उच्च माध्यामिक विद्यालयको होस्टेलमा बसोवास गर्ने चार जनामा कोरोना संक्रमण देखिएपछि कोरोना संक्रमणको दर बढ्न सक्ने भन्दै आजदेखि यस क्षेत्रमा सिल गरिएको हो ।

पाँच जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गर्दा बिहिबार राति एक जनामा नेगेटिभ अन्य सबै चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारबाट आजबाट आवतजावत नै बन्द गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत धनलाल रोकायाले जानकारी दिनुभयो ।

पालिका भित्रै एक आपसमा समुदायस्तमा संक्रमण बढ्ने जोखिमको सम्भावना बढी देखिएकाले अर्को सूचना जारी नहुञ्जेल सम्मका लागी आजका मिती २०७७÷०७÷२८ गते देखि कात्तिक ३० गते तीन दिनसम्मका पालिका प्रवेशमा आवतजावतमा रोक लगाउँदै सिल गरीएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाले जानकारी दिखनुभयो ।

सिल गरीएको स्थान र मिती भित्र आन्तरीक तथा बाहिय मानिसहरुले आवतजावत नगरि दिन आग्र गर्दै यदि नियमीत विपरीत गरेको पाइएमा पालिकाले कानुन बमोजिम बारबाहि गर्ने अध्यक्ष लामाले जानकारी दिनुभयो ।

यस्तै पालिका केन्द्र याल्वाङबाट हिल्सा हुँदै ताक्लाकोट जाने मुख्य बाटो पर्ने भएकाले अन्य ६ वटा पालिकाका नागरीकलाई समेत समस्या निम्तीने देखिने भएको छ । तीन दिनसम्म सिल हुँदा नाम्खा गाउँपालिकाका नागरीकलाई मात्रै नभएर जिल्लाका अन्य गाउँपालिकाका नागरीकलाई आवतजावत गर्दा बढी समस्या हुनेभएको देखिन्छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
हिमालपारीको लिमीमा खेतीयोग्य जमिन बाँझिदैं 

हिमालपारीको लिमीमा खेतीयोग्य जमिन बाँझिदैं 

कृषि पेशा भन्दा अन्य पेशाबाट बढी आम्दानी हुने भएपछि नयाँ पुस्ताले परम्परागत पेशा बदलेर नयाँ पेशामा संलग्न हुन लागेपछि खेतीयोग्य जमिना बाँझो हुने क्रम वार्षेनी बढ्दै गएको लिमीको...
सिमकोट हिल्सा सडक ३२ दिनपछि सुचारु

सिमकोट हिल्सा सडक ३२ दिनपछि सुचारु

हिल्सा सिमकोट सडक आयोजनाका इन्जिनीयर ओम प्रकाश कोहराका अनुसार सिमकोट हिल्सा सडक अवरुद्ध भएको ३२ दिनपछि सञ्चालनमा आएको छ।