नेभिगेशन
नाम्खा

कोरोना समुदायस्तरमै फैलिएको आशंका

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा आठ जना कोरोना संक्रमित थपिएसँगै समुदायस्तरमै फैलिन थालेको आशंका गर्न थालिएको हो । दुई दिन अगाडी चारजनामा देखिएको कोरोना शुक्रबार थप आठ जनामा कोरोना संक्रमण देखिदा नाम्खा गाउँपालिकामा कोरोना संक्रमितको संख्या बाह्र जना पुगेको छ ।

सुर्खेतमा गरिएको नमूना परीक्षणमा आठ जनामा कोरोना संक्रमण देखिए लगत्तै आज त्यस तर्फ डाक्टर नविन रोकायाको नेतृत्वमा ल्याव टेक्निसिय र अन्य स्वास्थ्यकर्मीको टोली जिल्ला अस्पतालबाट पठाइएको हो ।

गाउँपालिकाको महाबौद्ध मावि याल्वाङ र उक्त विद्यालयको छात्राबासमा बसोवास गर्ने विद्यार्थीहरुमा देखिएको कोरोना समुदायस्तरमा फैलिन नदिनका लागी चिकित्सकको टोली त्यस तर्फ पठाएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो ।

सुमदायस्तरमै कोरोना भाइरसको संख्या बढेपछि जिल्ला अस्पताल हुम्लाबाट चिकित्सक सहितको टोली नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङतर्फ पठाइएको प्रमुख सिहंले बताउनुभयो ।

महाबौद्ध मावि याल्वाङको होस्टेका छात्रछात्रामा कोरोना देखिएको भएपनि समुदायस्तरैमा देखिएको भन्न नमिल्ने तर आज डाक्टरको टोली गएर अन्यका याल्वाङ्गका नागरीकहरुको स्वाव संकलन गरीसकेपछि मात्रै थाहा हुने प्रमुख सिंहले बताउनुभयो ।

अन्य यहाँका स्थानीयले कोरोना संक्रमण हुम्लामा समुदायस्तरमै फैलिएको भएपनि कोरोना चेकजाँचका लागी स्वाव संकलन नगरी नभेटिएको बताउँदै आएका छन् । कोरोना आशंकामा स्वाव संकलन गर्दा पोजेटिभ देखाउने गरेको छ ।

हुम्ला जिल्लाको सुरक्षित स्थान ठानिएको नाम्खा गाउँपालिकाको समुदायमा कोरोना कसरी देखिएको त्यसको खोजी हुने उहाँले बताउनुभयो । संक्रमण थप नफैलियोस् भन्नका लागि पालिका प्रवेशमा बन्द गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
हिमालपारीको लिमीमा खेतीयोग्य जमिन बाँझिदैं 

हिमालपारीको लिमीमा खेतीयोग्य जमिन बाँझिदैं 

कृषि पेशा भन्दा अन्य पेशाबाट बढी आम्दानी हुने भएपछि नयाँ पुस्ताले परम्परागत पेशा बदलेर नयाँ पेशामा संलग्न हुन लागेपछि खेतीयोग्य जमिना बाँझो हुने क्रम वार्षेनी बढ्दै गएको लिमीको...
सिमकोट हिल्सा सडक ३२ दिनपछि सुचारु

सिमकोट हिल्सा सडक ३२ दिनपछि सुचारु

हिल्सा सिमकोट सडक आयोजनाका इन्जिनीयर ओम प्रकाश कोहराका अनुसार सिमकोट हिल्सा सडक अवरुद्ध भएको ३२ दिनपछि सञ्चालनमा आएको छ।