नेभिगेशन
मनोरञ्जन

कोरोना उच्च जोखिमका बिच : हुम्लामा तिहारको चहलपहल

वर्षको एक पटक मात्रै मनाउने भाइटिका तिहार नजिकिएसंगै हुम्ला सदरमुकाम सिमकोटमा शनिबार देखि निक्कै चहलपहल बढि रहेको छ ।

तिहार नजिकिएपछि सदरमुकाम सिमकोट भन्दा बाहिरका दिदि बहिनीहरु गाउँबाट सिमकोट पुग्दा सदरमुकाम सिमकोट बजार चहलपहल बढेको पाइएको छ । आउँदो मंसिरको १ गतेको भाइटिका तिहारका लागि आफ्ना दाजु भाइका लागि टोपि, फुलमाला, सुपारी लगायतका सामाग्रिहरु खरिद गर्नका लागी आउँदा सिमकोटका पसल व्यवसायिहरु व्यस्त देखिएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका बीच तिहारका लागि आवश्यक पर्ने सामग्री खरिद विक्री हुने हुँदा यतिबेला बजार क्षेत्रमा सर्वसाधारणको बाक्लो चहलपहल बढेको छ । हुम्ला जिल्लामा भने तिहारको रौनकले छोएको छ ।

बजारमा बालबालिकाले दिउसी खेलेर रौनक बढाएका छन् । यतिखेर देउसीको सामाग्री जिल्ला बाहिरबाटै महंगोमा आएको छ । अर्थिाक अभावका कारण सो सामग्री किन्नलाई समस्या भएको गाउँबाट आएका महिलाहरुको भनाई छ । कोरोनाको कहर विचमा पनि गाउँका महिलाहरुको आफ्नो पसलमा विभिन्न सामग्रीहरु किन्नका लागि घुइचो भएको व्यवसायि दिपक रावतले बताउनुभयो ,

तिहारको चहलपहल शुरु भएसँगै हुम्लाको सदरमुकाम सिमकोटमा प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूल मालाको माग बढ्न थालेको छ । तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूल बोटमै सुकेर गएपछि अभाव हुँदा कृत्रिम फूलमालाको माग बढ्नुका साथै यसले बजार पाएको छ । मालाको माग बढेसँगै यतिबेला सखरमुकाम सिमकोट बजार बनावटी फूलमालाले रङ्गिन बनेको छ ।

यो वर्ष तिहार ढिला भएकाले गाउँघरमा राखिएका फुलका बगैँचा बारीमै सुक्दा बनावटी माला खरिदका लागी सिमकोटमा आउनुपरेको सिमकोट गाउँपालिका वडा दुई निवासी शान्ति भण्डारीले बताउनुभयो ।

घरमा रोपिएको फुलबा बोटहरु सुकेर काम नलाग्ने भएपछि बजारमा पाइने कृत्रिम फुलमाला लिन सदरमुकाम आएको स्थानीय भण्डारीले बताउनुभयो ।

हुम्लामा कोरोना संक्रमित भेटिदा संक्रमणको उच्च जोखिम रहेकाले प्रशासनले कार्यक्रम नगर्न भनेपनि सदरमुकाम सिमकोटमै वालवालिकाहरुले देउसी भैलो खेलिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
नेपाल–चीन झल्काउने वृत्तचित्र काठमाडौंमा

नेपाल–चीन झल्काउने वृत्तचित्र काठमाडौंमा

नेपाल चीन सम्बन्धमा इतिहासदेखि वर्तमानसम्म बुद्धभद्र, सुआन चाङ, भृकुटी, फा सियान, अरनिकोलगायत मूर्त अमूर्त सांस्कृतिक र जनस्तरीय आदानप्रदानका प्रामाणिक लिखत र चिन्ह रहेकाले अन्तर्देशीय सम्बन्ध छर्लङ्ग रहेको सीएमजी...
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

अदानचुलीको श्रीनगरमा शुक्रबारदेखि सुरु भएको महोत्सव शनिबार सम्पन्न हुने भएको छ । पहिलो दिउँसोबाट सुरु भएको महोत्सव शनिबार विहान आठ बजेबाट सञ्चालन हुने भएको जानकारी प्राप्त भएको छ...
कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

अदानचुली गाउँपालिकाको वडा नम्बर १ को महतारा गाउँ, २ को माझखाडा, ४ कोलौठी, ५ को काँखे खार्पुनाथको लाली र छिप्रा, सिमकोटको सिमकोट, ठेहे, स्याँडा, सर्केगाडको मैला, रामा, पादा,...