नेभिगेशन
नाम्खा

नाम्खाका कोरोना संक्रमित एक जनालाई हेलीक्पटर मार्फत उद्धार

हुम्लाको नाम्खा गाउँपालिका वडा नम्वर ४ यालवाङका एक जना कारोनाको संक्रमणबाट ग्रस्त भएको भन्दै कार्तिक ३० गते हेलीकप्टर मार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा नाम्खा गाउँपालिका ४ का ६१ वर्षिय एक वृद रहेका छन् । कोरोना संक्रमण देखिएका ६१ वर्षिय पुरूषको हेलिकप्टरबाट उद्वार गरिएको हो ।

गएको २७ गतेबाठ नाम्खा गउपालिकामा कोरोनाका संक्रमणको संख्यामा उल्लेखनीय भएपछि सो ठाउँका नागरिकलाई समस्या हुँदै आएको छ । स्वासप्रश्वासमा समस्या भएपछि गाउँपालिका केन्द्र याल्वाङ्गदेखी सिम्रिक एयरको हेलिकप्टरबाट उद्वार गरिएको हुम्ला विमानस्थालका कार्यालय प्रमुख विष्णुबहादुर अधिकारीले बताए ।

सोही दिन सिम्रिक हेलीकप्टरबाट उद्धार गरिएका वृद्धलाई काठमाण्डोँको ह्याप्स हस्पिटलमा लिएर उपचार हुने भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए । प्रमुख सिंहका अनुसार कोरोनाबाट प्रभावित भएका वृद्धले आफ्नै व्यक्तिगत रुपमा १० लाख रुपैयाँ खर्च गरेर हेलीकप्टर रिजव गरेका थिए ।

संक्रमण भएका वृद्धलाई लिनका लागि ह्याप्स हस्पिटलका दुई जना विशेषज्ञ डाक्टरको टोलि समेत नाम्खामा पुगेको थियो । हेलीकप्टरमा रहेको क्यावीनमा एक जना भन्दा बढि विरामीहरु राख्न नमिल्ने भएका कारण आज वृद्धलाइ्र्र उद्धार गरिएको थियो भने मंसिर १ गते उनकी ६० वर्षिया पत्नीलाई सो हेलीकप्टर मार्फत उद्धारा गरिने भएको छ ।

हेलीमा विरामीका लागि अक्सिजनको समेत सुविधा रहेको बताइएको छ ।
हालसम्म् नाम्खामा १२ जनामा कोरोना संक्रमण देखा परेको छ भने अन्य व्यक्तिहरुको पनि स्वाव संकलन गर्ने कार्य भई रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सुचना अधिकारी भक्ति फडेराले बताए ।

यतिखेर जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका डाक्टर नविन रोकायाको नेतृत्वयमा गएको टोलिद्धारा नाम्खामा सामान्य लक्षण देखिएका विरामीहरुको स्वाव संकलन गर्ने कार्य भई रहेको सुचना अधिकारी फडेराको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
हिमालपारीको लिमीमा खेतीयोग्य जमिन बाँझिदैं 

हिमालपारीको लिमीमा खेतीयोग्य जमिन बाँझिदैं 

कृषि पेशा भन्दा अन्य पेशाबाट बढी आम्दानी हुने भएपछि नयाँ पुस्ताले परम्परागत पेशा बदलेर नयाँ पेशामा संलग्न हुन लागेपछि खेतीयोग्य जमिना बाँझो हुने क्रम वार्षेनी बढ्दै गएको लिमीको...
सिमकोट हिल्सा सडक ३२ दिनपछि सुचारु

सिमकोट हिल्सा सडक ३२ दिनपछि सुचारु

हिल्सा सिमकोट सडक आयोजनाका इन्जिनीयर ओम प्रकाश कोहराका अनुसार सिमकोट हिल्सा सडक अवरुद्ध भएको ३२ दिनपछि सञ्चालनमा आएको छ।