नेभिगेशन
राष्ट्रिय

हुम्लामा हिमपात शूरु, जनजीवन कष्टकर

हुम्लामा हिमपात सुरु भएको छ । गएरातएदेखि हुम्लामा हिमपात भएपछि हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनााएको छ । हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । एक ठाउँबाट अर्को ठाउँ समेत आवत जावत गर्नलाई समस्या भएको छ ।

जिल्लामा हिमपात भएपछि थप समस्यात उतरी नाम्खागाउँपालिकाको लिमीमा बनाएको छ । यतिखेर लिमिमा एक फिट भन्दाबढी हिउँजमेको नाम्खा गाउँपालिका वडा नम्वर ६ का वडाअध्यक्ष पाल्जोेर तामाङले बताए । हिमपातका कारण सिमकोटमा तापक्रम ८ डिग्री माइनसमा झरेको छ ।


हुम्लाको सिमकोट, मुगुको ताल्चा, जुम्ला, लगायतका हिमाली जिल्लामा परेको हिमपातले हवाई सेवा समेत बन्द भएको विमानस्थल श्रोतले बताएको छ । हिमपातले चिसो बढे सँगै तिहाराको अन्तिम दिन भाईटिकमा टिका थाप्न जाँदाँ समस्या हुने भएको छ ।
नियमित परिरहेका हिमपातले शुरु सिमकोटका होटल व्यवसायी र स्थानिय बासिन्दालाई समस्या बनाएको छ ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र पानी परिरहेकाले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले यहाँका स्थानियलाई सतर्क रहन आग्रह समेत गरेका छन् । पश्चिमी भुभागमा सामान्य देखि पूर्ण बदली भएको हुदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लयातका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भईरहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।