नेभिगेशन
नाम्खा

समुदायस्तरमै फैलियो कोरोना संक्रमण

हुम्ला

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको कोरोना भाइरस अहिले समुदायस्तरमै फैलिएको छ ।

पालिका केन्द्र याल्वाङमा रहेको महाबौद्ध माध्यामिक विद्यालयको होस्टलमा रहेका छात्रछात्रा र शिक्षक कर्मचारीमा देखिएको कोरोना अहिले गाउँस्तरमै फैलिएको हो । गाउँपालिकाको अन्य वडामा संक्रमण नदेखिएको भए पनि वडा नम्बर ४ को प्रत्येक गाउँमा कोरोना संक्रमित भेटिनुका साथै उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

सोमबारसम्म ५३ जना रहेको कोरोना संक्रमितको सङ्ख्या मंगलबार ५९ जनाको एन्टिजेनबाट परीक्षण गर्दा तीन थपिएसँगै कोरोना संक्रमितको सङ्ख्या नाम्खा गाउँपालिकामा ५६ पुगेको फडेराले बताए । गाउँपालिकाले आवतजावत बन्द गर्दै सिल गरेको भए पनि संक्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ ।

पहिलो दिन चार, दोस्रो दिन आठ, तेस्रो र चौथो दिन कात्तिक २९ गते १५ गरी मंसिर १ गते सोमबार २६ जना कोरोना पोजेटिभ देखिएको थियो भने मंगलबार थप तीन जनामा संक्रमण देखिएको हो । हिमपातपछि बिहान, बेलुका र रातिको समयमा तापक्रम माइनसमा पुगेसँगै प्रकोपलाई नियन्त्रणमा लिन नसक्दा वडा नम्बर ४ को समुदायस्तरमा प्रवेश गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

यस्तै दुई कोरोना संक्रमितलाई महँगो हवाईभाडा रु १०÷१० लाख तिरेर हेलिकोप्टरमार्फत काठमाडौं उद्धार गरिएको छ । नाम्खाको याल्वाङ जिल्लाबाट चिकित्सकको टोली खटिएको भए पनि यो महामारीलाई नियन्त्रणमा लिन नसकिएको बताइएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको बताइएको छ ।

उत्तरी क्षेत्रमा देखिएको कोरोना प्रकोप नियन्त्रणमा जिल्लाका नियमनकारी निकाय नै मौन बसिरहेका छन् । याल्वाङमा दैनिक कोरोना संक्रमित बढ्दै गए पनि जिल्लाका जनप्रतिनिधि र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै बजारमा आलोचना गर्न थालिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
हिमालपारीको लिमीमा खेतीयोग्य जमिन बाँझिदैं 

हिमालपारीको लिमीमा खेतीयोग्य जमिन बाँझिदैं 

कृषि पेशा भन्दा अन्य पेशाबाट बढी आम्दानी हुने भएपछि नयाँ पुस्ताले परम्परागत पेशा बदलेर नयाँ पेशामा संलग्न हुन लागेपछि खेतीयोग्य जमिना बाँझो हुने क्रम वार्षेनी बढ्दै गएको लिमीको...
सिमकोट हिल्सा सडक ३२ दिनपछि सुचारु

सिमकोट हिल्सा सडक ३२ दिनपछि सुचारु

हिल्सा सिमकोट सडक आयोजनाका इन्जिनीयर ओम प्रकाश कोहराका अनुसार सिमकोट हिल्सा सडक अवरुद्ध भएको ३२ दिनपछि सञ्चालनमा आएको छ।