हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा विशेष क्षमता भएका बहिरा बालबालिकाका लागी दुई कोठे भवन निर्माण भएको छ । बहिरा संघ हुम्लाले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको रु २० लाख आर्थिक सहयोगमा विषेश श्रोत कक्षा सञ्चालनका लागी दुई कोठे विद्यालयको भवन निर्माण गरिएको हो ।
सर्केगाड गाउँपालिका वडा चार दुल्लीमा विशेष क्षमता भएका बहिरा बालबालिकालाई पठनपाठनमा सहज पुग्नका लागी बहिरा प्रथामिक विद्यालयको भवन निर्माण गरीएको हुम्ला बहिरा संघका अध्यक्ष धर्मदत्त फडेराले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालयको आर्थिक सहयागेमा विशेष क्षमता भएका बहिरा बालबालिका लागी हुम्लामा गाउँस्रतमा पहिलो पटक विशेष स्रोत कक्षाको विद्यालय भवन निर्माण गरीएको हुम्ला बहिरा संघका अध्यक्ष फडेराले जानकारी दिनुभयो ।
विगतमा विशेष क्षमता भएका बहिरा बालबालिकाका लागी भवन नहुँदा अन्य शक्त विद्यार्थी सँग विद्यालय जानुपर्दा पठनपाठनमा निकै समस्या हुने देखिएपछि बहिराहरुको लागी छुट्टै भवनको आवश्य हुँदा निर्माण कार्य सम्पन्न गरेको हो । उक्त विद्यालय भवनमा २५ जना विशेष क्षमता भएका बहिरा बालबालिकाहरुले अध्ययन गर्ने भएका छन् ।
जिल्ला सदरमुकाम सिमकोटमा बहिरा, अपाङ्ग विद्यार्थीका लागी आफ्नै विद्यालय भवन नहुँदा सपाङ्ग सँगै मिलेर एउटै विद्यालयमा पठनपाठन गर्नुपर्ने बाध्यता रहेको छ । दुल्लीमा पहिलो पटक निर्माण गरीएको हो । विशेष क्षमता भएका बहिरा बालबालिकका लागी सुविधा सम्पन्न भवन निर्माण गरीएको फडेराले जानकारी दिनुभयो ।
दुई कोठे विद्यालय भवन निर्माण भएपनि अपाङ्गमैत्री चौचालय र खोनपानी धाराको आवश्यक रहेको फडेराले बताउनुभयो । विशेष क्षमता भएका बहिरा बालबालिका लागी शौचालय र खानेपानीको लागी कतैबाट सहयोग जुटेमा झन सहज हुने उनको भनाइ छ ।