नेभिगेशन
नाम्खा

कोरोना संक्रमण त्रासकै विच याल्वाङ्मा परीक्षा सञ्चालन

कोरोना संक्रमणको रेडजोनका रुपमा देखिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङ्मा रहेको महाबौद्ध माध्यामिक विद्यालयका विद्यार्थीले संक्रमणको त्रासका विच सामाजिक दुरी कायम गरेर कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

मंगलबार विहानबाट शुरु भएको कक्षा १२ को परीक्षामा आठ जना परीक्षार्थी सहभागी भएका हुन् । परीक्षा केन्द्रमा भौतिक दूरी कायम गरी बस्नुका साथै, मास्क, स्यानिटाइजर प्रयोग, र साबुनपानीले हात धुनेजस्ता कोभिड सुरक्षण मापदण्ड कडाइ पूर्वक पालना गरेर परिक्षा सञ्चालन गरीएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाले जानकारी दिनुभयो ।

कक्षा दश भन्दा तलका स–साना बालबालिकमा कोरोना संक्रमण देखिएको हुनाले कक्षा १२ का विद्यार्थी कोही कसैमा कोरोना संक्रमण नदेखिएको भएपनि स्वास्थ्य सम्बन्धि सम्पुर्ण मापदण्ड पुरा गरेकाले उनिहरुले ढुक्कका साथ परीक्षामा सहभागी हुनुका साथै परिक्षा दिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

हुम्लाको सुरक्षित क्षेत्र मानिएको नाम्खाको याल्वाङमा कोरोना संक्रमित देखिएका हुन् । पालिका केन्द्र याल्वाङमा रहेको धार्मिक विद्यालय र महाबौद्ध माध्यामिक विद्यालयमा अध्ययनतर ५२ जना छात्रछात्रामा कोरोना संक्रमण देखिएको थियो ।

कक्षा १२ को परीक्षामा सहभागी परिक्षार्थीहरुले कोरोना संक्रमणको कुनै डरत्रास नमानेर ढुक्कका साथ परीक्षा दिएका हुन् ।

यस्तै सहरी क्षेत्रका परीक्षा केन्द्रमा निर्धारीत समयमै परीक्षा शुरुभएपनि हुम्लाको दुर्गम बस्तिका अधिकांस गाउँका विद्यालयमा निर्धारीत समयभन्दा निकै पटाडी भएको छ । तललो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको सुर्योदय माध्यामिक विद्यालयमा परीक्षार्थीको संख्या धेरै भएकाले ज्वरोजाँचगर्दा निर्धारीत समयभन्दा ४५ मिनेट ढिलो गरी परीक्षा सञ्चालन भएको हो । परीक्षा ढिलोगरी शुरु भएपनि स्वास्थ्य मापदण्डपुरा गरी परीक्षा सञ्चालन गरीएको विद्यालय श्रोतले जानकारी दिएको छ । मंगलबार विहानै परीक्षार्थी र परीक्षाहलको व्यवस्थापन गर्नुपर्ने भएका कारण डिलो गरी सञ्चालन भएको हो । परीक्षामा सहभागी परीक्षार्थीले सामाजिकदुरी कायम गरी सञ्चालन गर्ने भनिएता पनि त्यसो नभएकोपाइएको छ । एक बेन्चमा तीन जना परीक्षार्थी सहभागी भएका थिए भने परीक्षा केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गरीएको छ । एक सय ५८ जना परीक्षार्थी सहभागी हुनुपर्ने भएता पनि १८ जना अनुपस्थित हुँदा १४० जना मात्रै सहभागी भएका हुन् ।

यस्तै जिल्ला सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयले भौतीक संरजनाको अभाव देखाउँदै एक बेन्चमा दुई जनाको सिट बनाएर परीक्षा सञ्चालन गरेको छ ।

अन्य स्वास्थ्य सुरक्षणम सम्बन्धि स्वास्थ्य मापदण्ड पुरा गरेर परिक्षा सञ्चालन गरीएको हो ।

मानसरोवर माध्यमिक विद्यालयमा १ सय ३२ जना छात्रछात्रा उपस्थित भएका थिए भने १२ जना अनुपस्थित रहेको सोही विद्यालयका प्रधानध्यापक अमर बहादुर शाहीले जानकारी दिनुभयो ।

हुम्लामा दशवटा परीक्षा केन्द्रबाट कक्षा १२ का परीक्षार्थी सहभागी भएका छन् । सातमहिना पछि परीक्षा दिन पाउँदा विद्यार्थीमा निकै उत्साह छाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
हिमालपारीको लिमीमा खेतीयोग्य जमिन बाँझिदैं 

हिमालपारीको लिमीमा खेतीयोग्य जमिन बाँझिदैं 

कृषि पेशा भन्दा अन्य पेशाबाट बढी आम्दानी हुने भएपछि नयाँ पुस्ताले परम्परागत पेशा बदलेर नयाँ पेशामा संलग्न हुन लागेपछि खेतीयोग्य जमिना बाँझो हुने क्रम वार्षेनी बढ्दै गएको लिमीको...
सिमकोट हिल्सा सडक ३२ दिनपछि सुचारु

सिमकोट हिल्सा सडक ३२ दिनपछि सुचारु

हिल्सा सिमकोट सडक आयोजनाका इन्जिनीयर ओम प्रकाश कोहराका अनुसार सिमकोट हिल्सा सडक अवरुद्ध भएको ३२ दिनपछि सञ्चालनमा आएको छ।