नेभिगेशन
राष्ट्रिय

हुम्लामा गाउँस्तर सम्म गस्ती शुरु

पछिल्लो समय हुम्ला जिल्लामा राज्यबाट प्रतिवन्धित पार्टी नेकपा विप्लवको गतिविधी बढेको आशंकामा तीनवटै सुरक्षा निकायले आफ्नो गस्ति परिचालनलाई बढाएको छ ।

जिल्ला प्रहरी हुम्ला र सस्शत्र प्रहरी बलले गाउँ गाँउमा सुरक्षा गस्ति शुरू गरेको छ । जिल्लाको शान्ति सुरक्षालाई मध्य नजर गर्दैै जिल्ला प्रहरी कार्यालय हुम्ला र सश्सत्र प्रहरी बल हुम्लाले संयुक्तरुपमा नागरीकको सुरक्षाका लागी गाउँस्तर सम्म पहिलो पटक गस्ती परिचालन शुरु गरेको छ ।
सशक्त रुपमा सुरक्षा सर्तकता बढाउन जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले संयुक्त टोली मंसिर ६ गते विकट गाँउमा सुरक्षा गस्ति गर्न थालेको सशस्त्र प्रहरी बल हुम्लाका डिसपी मोहन विष्टले जानकारी दिनुभयो । पहिलो पटक मङ्सिर ६ गतेबाट जिल्ला सदरमुकामबाट परिचालीत टोली तल्लो क्षेत्रकमो सर्केगाड लगायतका गाउँ सम्म गस्ती गरेर सिमकोट फिर्ता भएको छ भने पुन जाने तयारी भहिरहेको विष्टले जानकारी दिनुभयो ।

१५ जना नेपाल प्रहरी र १५ सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मीको टोलीले केही दिन अगाडी गाउँसम्मै गस्ति गरेर सदरमुकाम फिर्ता भएको डिएसपी विष्टले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय हुम्ला हरपल जनताको सुरक्षा लागि सधै तत्पर रहेको जिलला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सँग छलफल गरेर केही दिनमा पुन गाउँस्तर सम्म गस्ति परिचालन गरीने भएको छ ।

केही दिन अगाडी सदरमुकाम सिमकोट स्थित कृर्षि विकास कार्यालयको मुल गेटमा दुई वटा सकेट बम राखिएको थियो । यस्ले गर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आफ्नो गस्तिलाई बढाएको छ । गाउँ गाउँमा सुरक्षा गस्ति परिचालन भएको हुम्लामा पहिलो पटक हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।