नेभिगेशन
राष्ट्रिय

हुम्लाका ५९७९ जना बालबालिकाले भिटामिन ‘ए’ र बालभिटा पाए

हुम्लाका सातवटा स्थानीय तहका ४४ वडामा रहेका पाँच हजार नौ सय ७९ जना बालबालबालिकाले भिटामिन ‘ए’ र बालभिटा पाएका छन् ।
जिल्लाभरीका छ महिनादेखि ५९ महिना सम्मका पाँच हजार नौ सय ७९ जना बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको छ ।

जिल्लाभारी रहेका दुई सय २४ जना स्वयंसेविका र स्वास्वस्थ्यकर्मीहरुले भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

यसपटक भनेकोभिड १९ महामारी, दशैँ,तिहार र छठ पर्व लगायतका कारणले एक महिनापछि खुवाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सिनियर अनमि बोहराले जानकारी दिनुभयो ।

राष्ट्रिय कार्यक्रम अन्तर्गत वितरण गरिने भिटामिन ए ले रोग प्रतिरोधी शक्ति बढाउन र श्वासप्रश्वास रोग रोकथाम गर्न पनि सहयोग गने बोहराले जानकारी दिनुभयो ।

६ महिनादेखि १२ महिना उमेर समूहका लागि आधा क्याप्सुल र १२ महिनादेखि ५ वर्षसम्मकालाई एक क्याप्सुल भिटामिन ‘ए’ वितरण गरिएको छ ।
त्यस्तै १२ महिनादेखि २ वर्षसम्म आधा ट्याब्लेट र २ वर्षदेखि ५ वर्षसम्म उमेर समूहकालाई एक ट्याब्लेट जुका विरुद्धका औषधि अल्वेन्डाजोल वितरण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ ।

त्यसैगरी ६ महिनादेखि २ वर्ष उमेर समूहका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्वको मिश्रण बालभिटा पनि वितरण गरिएको बोहराले जानकारी दिनुभयो ।

सरकारले विसं २०५० देखि कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।