नेभिगेशन
राष्ट्रिय

हुम्लाको टेलिफोन समस्या समाधान गर्न युवाद्धारा प्रजिअको ध्यानकर्षण

लामो समयदेखि हुम्लामा नमस्ते टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको भन्दै सेवा प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गरीएको छ । नमस्ते टेलिफोन सेवा तत्कालका लागी समस्या गर्न माग गर्दै हुम्लाका युवाहरुद्धारा प्रजिअको ध्यानाकर्ष गरीएको छ ।

एक महिना बितिसक्दा पनि नेपाल टेलिकमलले समस्या समाधान नगरेको भन्दै समस्या समाधानका लागि जिल्लाका युवाहरुले ३ दिनको समयावधि दिदै प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीलाई ध्यानाकर्ष पत्र बुझाएका छन् ।

ध्यानाकर्ष पत्रमा टेलिफोन सेवामा आएको समस्या समाधान गर्नका लागि दिएको ३ दिनको समयावधि दिएको छ । उक्त समयावधि भित्र समस्या समाधान नभएमा कडा आन्दोलनमा उत्रने र यसबाट उत्पन्न हुने परिस्थिति सामना गर्नका लागि तयार बस्न हुम्लाका युवाहरुले नेपाल टेलिकमलाई चेतावनी समेत दिएका छन् । पटकपटक मर्मतका लागि नेपाल टेलिकममा खबर गर्दा नेपाल टेलिकमले कुनै सुनुवाइ नगरेको स्थाीयवासीको गुनासो छ ।

डाफे र माबु लेखमा रहेका टावरमा रहेको एटिएन डिभाईसमा समस्या आएकाले लामो समय देखि स्थानीयले समस्या भोग्नु परेको भए पनि डिभाईस सहित प्राविधिक टोली काठमाडौंबाट हिडि सकेकाले केही दिनमै समस्या समाधान हुने नेपाल टेलिकम हुम्लाका प्रमुख शिब भट्टराईले जानकारी दिनुभयो ।

समस्यालाई समाधान गर्नका लागी प्रसाशनले नेपाल टेलिकम हुम्लालाई पटकपटक ताकेता गर्दा पनि सुनुवाई नभएपछि समस्या समाधानका लागि नेपाल टेलिकमको क्षेत्रीय तथा केन्द्रिय कार्यालयमा पत्राचार गर्ने प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले बताउनुभयो ।

जिल्लाका विभिन्न नौवटा नमस्ते टेलिफोनका टावर निर्माण गरिएको भए पनि मोबाईल नेटवर्कले राम्रोसंग काम नगरेको स्थानीयको गुनासो छ ।

विहिबार नेपाल बिद्यार्थि संघ हुम्ला, नेपाल युवा संघ हुम्ला र नेपाल भारत वर्ड डिभालोमेण्ट फोरमले संयुक्त रुपमा नेपाल टेलिकमले समस्याको समाधान नगरेको भन्दै प्रजिअलाई ध्यानाकर्ष पत्र बुझाएका राष्ट्रिय युवा संघ नेपाल जिल्ला संयोजक सुवास रोकायाले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।