नेभिगेशन
हुम्ला सेरोफेरो

बाथ रोगका विरामीका लागि हुम्लामै सेवा

स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा हुम्लाद्धारा बाथ रोगका विरामीलाई सेवा दिदै आएको छ । यतिखेर सो कार्यालयमा स्वदेन (स्टिम) बक्स मार्फत उक्त विरामीका लागि सेवा दिइ रहेको हो । विशेष गरेर हुम्ला जिल्लाका सात वटै गाउँपालिका भित्रका जेष्ठ नागरिक एवम् बाथ रोगले ग्रस्त भएका व्यक्तिहरुलाई सो सेवा सञ्चालन भएको छ ।

यतिखेर उक्त कार्यालयमा दैनिक ३० देखि ४० जना सम्म सेवाग्राही सेवा लिन आउने गरेका छन् । हुम्लाका नागरिकहरु स्थानीय स्तरमै परमपरागत रुपमा घोडाको प्रयोग गरेर विभिन्न स्थानका खोला नालामा रहेका तप्पनहरुमा गएर बाथ रोग हटने आश्वासनमा नुवाउने चलन रहेको थियो । सो कार्यालयमा रहेको स्वदेन बक्समा बाथ रोगका विरामीहरुको प्रकृति हेरेर पाँचदेखि १५ मिनेट सम्म भित्र बस्ने गरेको पाइएको छ । त्यस्ता विरामीले कम्तिमा पनि एक हप्तासम्म नियमित सेवा लिनु पर्ने हुन्छ । जस्लाई पञ्चकर्म सेवा पनि भनिने गरिन्छ ।


लामो समयदेखि बाथ रोगको विरामले थला परेकी सिमकोट गाउँपालिका वडा नम्वर ५ की ६० वर्षिय स्थानीय महिला लालकला बोहराले भनिन् अवत हुम्लामै यो सेवा उपलव्ध हुँदा जिल्ला बाहिर जानु पर्ने समस्या हटेको छ । जुन सेवा पाएपछि स्वर्ग गए जस्तै भएको छ ।
जिल्लामै स्वदेन बक्स उपलव्ध भएको भए पनि महिला पुरुषका लागि फरक फरक मेसिन भएको भए अझैँ उत्तम हुने सुझाव स्थानीयबाट आउन थालेको छ ।

वगतका वर्षहरुमा यो रोगका कारण लाखौँ रकम खर्च गरेर जिल्ला बाहिर जानु पथ्र्यो तर यो वर्षबाट हुम्लामै बाथ रोगिका लागि केही सेवा पाउँनु भनेको उपचारमा विकास भएको मानिन्छ, खार्पुनाथ गाउँपालिका वडा नम्वर ५ का स्थानीय प्रेमबहादुर शाहीले बताए । हुम्लामा ग्यासको पर्याप्त मात्रामा नहुँदा र विभिन्न समस्याका कारण यो सेवा सञ्चालन स्थगित गरिएको हो । जस्लाई हाल नियमित सञ्चालन गर्ने जमरक गरेकोे आयुर्वेद शाखाका प्रमुख कृष्न चन्द जोसीको भनाई छ ।


विकट जिल्ला हुम्लाका सात वटै गाउँपालिकामा रहेका दुरदराजमा रहेका वृद्धवृदाहरुमा यो रोगले धेरैलाई ग्रस्त बनाएको छ । यस्ता किसिमका रोगको उपचारका लागि सदरमुकाम सिमकोटसम्म आउनलाई पनि केही समस्या भएको देखिन्छ । उनिहरु स्थानीय स्तरमै रहेका खोला नालाका तप्पनहरुमा धाउने गरेका छन् ।

खाेलानालामा धाउनु भन्दा अव औपचारीक रुपमा भरपर्दो रुपमा रहेको आयुर्वेद शाखामा रहेको स्वदेन बक्स मार्फत बाफ लिएर विरामीको संख्यामा यस्तो रोगका लागि स्वस्थ बन्नु एक नागरिकको कर्तव्य र अधिकार हो । मंसिर १४ गतेबाट सञ्चालन भएको सो सेवाको परिणम हेर्न भने स्थानीयले अझैँ बाँकी नै छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हुम्ला सेरोफेरो