नेभिगेशन
राष्ट्रिय

जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, सात घाईते

हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर ७ डाँडाफयाको जबुका नजिकै लु.२ च २१०२ नंम्बरको बलेरो जीप दुर्घटना हुँदा एक बच्चा सहित सात जना घाईते भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

मंङ्सिर १९ गते सदरमुकाम सिमकोटबाट बिरामी लीन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट पर्किने क्रममा सिमकोट गाउँपालिका वडा नम्वर ७ को डाँडाफयामा राती १० बजे सो बलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सिताराम बिष्टले बताए ।


सोही दिन दुर्घटनामा परि एक जना महिला सहित चार जनाको मृत्यु भएको छ भने दुर्घटनामा परि एक वर्षको बच्चा सहित सात जना घाइते भएका छन् । घाईते हुनेमा सिमकोट गाउँपालिका २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सिकी कल्पना सिंह, सिमकोट ८ खाल्सिका १ बर्षे बालक मिलन सिंह, सिमकोट ८ खोल्सिकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन् ।

मृतकको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र बच्चा सहित ५ जनाको अबस्था सामान्य रएको जिल्ला अस्पतालका डाक्टर टसि अंङजुक लामाले बताए ।


बलेरो जिप मुल सडक भन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको हुम्ला प्रहरीले जनाएको छ । जिप दुर्घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीले उद्धार गरेका थिए । रातीसमय भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका ससस्त्र प्रहरी बल हुम्ला प्रमुख डिएसपी मोहन बिस्टले बताए । घटना सम्वन्धि थप विवरण भने आउन काँकी नै रहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।