नेभिगेशन
राष्ट्रिय

नेपाल टेलिकम कार्यालयमा लगाइएको ताला खोलियो, सेवा भने जस्ताको तस्तै ।

हुम्ला जिल्लाको नेपाल टेलिकम कार्यालयमा लगाइएको ताला आज खोलिको छ । विगत एक महिनादसख यता हुम्लामा नेपाल टेलिकम मार्फत सञ्चालित नमस्तेको नेट््रोकले काम गर्न छोडेपछि जिल्लाका युवाहरुले विहिबार नेपाल टेलिकम कार्यालयको ढोकामा ताला तालाबन्दी गरेका हुन ।


सो कार्यालयमा पुर्णरुपमा करीव एक दिन ताला लगाएपछि विभन्न सेवा प्रभावित भएको भन्दै नेपाल टेलिकमका प्रमुख सिवप्रसाद भट्राईले स्थानीय युवाहरुलाई अनुरोध गरेपछि मात्रै शुक्रबार आज सो तालाबन्दी खोलिएको छ ।


मोबाइल नेटवर्कमा महिनौ दिनसम्म देखिएको समस्या समाधान गर्न ध्यानकर्षण गराउँदा पनि टेलकिमले लापारबाही गरेको भन्दै जिल्ला स्थित युवा संघ, नेवि संघ, नागरिक समाज मिलेर नेपाल टेलिकम कार्यालय तालाबन्दी गरेको युवा संघ हुम्लाका अध्यक्ष सुवास रोकायले जानकारी दिनुभयो ।


टेलिकम कार्यालय ताला बन्दि भए लगतै केन्द्रको टोलि कालिकाट र जुम्लाको रिपिटर टावरमा खरावी आएको सामाग्रि च्यान्ज गर्न गएको आश्वासनमा युवाहरुले ताला खोलेका छन । तर सो सेवा हिजो र आजमा केही फरक नभएर जस्ताको तस्तै रहेको पाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।