नेभिगेशन
राष्ट्रिय

हुम्लामा गतवर्ष भन्दा यो वर्ष मानवअधिकार उल्लघनका घट्नामा वृद्धि

‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ का लागि सङ्कलित घटनाहरुको वार्षिक पूर्व समिक्षा कार्यक्रम हुम्लाको सदरमुकाम सिमकोटमा आज सम्पन्न भएको छ ।

आज इन्सेक हुम्लाका प्रतिनिधि नन्द सिंहले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ लागी वार्षिक पूर्व समिक्षा कार्यक्रममा प्रस्तुत गरेअनुसार गत वर्षको त्ुलनामा भन्दा यो वर्ष मानवअधिकार उल्लघनका घट्नाहरु बढी रहेका छन् ।

ईन्सेक जिल्ला प्रतिनिधि सिंहले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि तयार पारिएको प्रतिवेदनमा २०२० जनवरीदेखि हालसम्म राज्य पक्षबाट धम्की, कुटपिट चारवटा, अन्य पक्षबाट धम्की, कुटपिट सातवटा रहेका छन् भने महिला अधिकार सम्बन्धिका बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका चारवटा घट्ना रहेको छन् । यस्तै जातिय विभेद एक, बालअधिकार दुई, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, दुव्र्यवहारका चारवटा गरेर २७ वटा घट्ना रहेको प्रतिनिधि सिंहले बताउनुभयो ।

हुम्लामा गत वर्ष २४ वटा घट्ना घटेका थिए भने यो वर्ष मानव अधिकारका विभिन्न प्रकार २७ घट्ना घटेको सिंहले बताउनुभयो ।

वर्ष पुस्तक २०२१’ का लागि सङ्कलित घटनाहरुको प्रतिवेदन एकतर्फि भनाई राखेको भन्दै प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीले पिडक र पिडीत दुबै पक्षको भनाई समेट्नुपर्ने बताउनुभयो ।

आजै भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरी, जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावत लगायतको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।