नेभिगेशन
राष्ट्रिय

पुल निर्माण गरेको डेड वर्ष वित्दा पनि कामदारले पाएनन् ज्याला

पुल निर्माणमा खटिएका कामदारहरुले ज्याला नपाएको गुनासो गर्न थालेका छन् । ०७६ भदौ २७ गतेबाट नियमित काममा खटिएका कामदारहरुले हाल सम्म पनि ज्याला नपाएको गुनासो गरेका छन् ।

पुल निर्माणमा खटिएका कामदारहरुले ज्याला नपाएको गुनासो गर्न थालेका छन् । ०७६ भदौ २७ गतेबाट नियमित काममा खटिएका कामदारहरुले हाल सम्म पनि ज्याला नपाएको गुनासो गरेका छन् । सिमकोट गाउँपालिका वडा नम्वर ७ र नाम्खा गाउँपालिका वडा नम्वर १ मा पर्ने हेप्का खोलाको पुल निर्माणका लागि जिल्ला बाहिरबाट आएका कामदारहरुले डेड वर्षदेखि काम गर्दा पनि ज्याला नपाएको गुनासो गर्न थालेका छन् ।

हिल्सा सिमकोट सडक खण्ड अन्र्तगतको हेप्का खोला पुल निर्माण गर्ने कार्य तिव्ररुपमा सञ्चालन भईरहेको भए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म काम गरेको करीव १९ लाख रपैयाँ रकम नपाएको कामदारमा खटिएका गुरुप लिडर खुसिराम थारुले गुनासो गरे ।
हेप्का खोलाको पुल निर्माण गर्ने क्रममा कामदारहरुलाई पहिलो पटक पेस्की स्वरुप रकम दिने भनिएता पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म पनि सो रकम नपाएपछि कामदारहरुले सो ठाउँमा रहेका होटल तथा पसलेहरुसंग ऋण सापट गरेर जिबोको पार्जन गर्दै आएका छन् ।

सो पुलमा काम गर्ने १२ जना कामदारहरु भने कैलाली जिल्लाका नागरिक रहेका छन् । कादार मध्यका गुरुप लिडर थारुले भने, पटक पटक ठेकेदार र हिल्सा सिमकोट सडक योजना कार्यालयलाई हार गुहार गर्दा समेत सुनुवाई नगरेको बताए ।
हामी जिल्ला बाहिरका नागरिक धएका कारण हेपा प्रवृति भएको गुरुप लिडर थारुको भनाई छ । उक्त निर्माणधिन पुल २५ मिटर लम्वाई, १४.३३ मिटर उचाई र ८ मिटर चौडाई रहेको छ ।

उनका अनुसार हुम्ला जिल्लामा आफ्नो भन्नु कोही पनि नभएकाले हालसम्म पनि कुनै ठाउँमा उजुरी गर्न नसकिएको समेत बताए । उक्त पुल गाडी गुड्नका लागि निर्माण हुदै गरेको छ । ठेकेदारहरुले कामदारलाई काम मात्रै गराउने तर ज्याला मज्दुरीको आर्थिक रकम नदिने गरेको देखिन्छ । सो ठाउँको पुल नत पुरा रुपम निर्माण भएको छ । नत मज्दुरीको ज्याला नै दिएको छ । यसको थप विवरण समेत सोही अनलाइन मार्फत प्रदाफास हुने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।