नेभिगेशन
राष्ट्रिय

कर्णाली नदिमा बरफ जम्न थालेपछि सिमा सुरक्षाकर्मीलाई समस्या

हुम्लाको नाम्खा गाउँपालिकासंग जोडिएको चीनसँगको सिमाना क्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्याधिक बढेको सो स्थानमा हालको तापक्रम माईनस १५ डिग्री सेल्सियस पुगको छ ।

नाम्खा गाउँपालिका वडा नम्वर ५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सिमा सुरक्षाका लागि बस्दै आएका (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए । उनका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ । उक्त क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको पाइएको छ ।

नदीमा जमेको बरफ माथि चाहेमा वारपार गर्न समेत सकिने भएको छ । चिसोका कारण नाकामा बस्दै आएका ससस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निक्लिन समेत समस्या भएको केसीको भनाई छ । उक्त ठाउँका घरहरु कर्णाली नदिको नजिकै रहेकाले पनि हावाको वेगले गर्दा बसि नसक्नु भएको छ । नारा लेकको हिमालहरुले गर्दा हिल्सा बजार एउटा कोप्चो जस्तै परेकाले समयमै घाम समेत नलाग्ने गरेको हो । त्यसैले उक्र क्षेत्रमा नियमित तरिकाले घाम नलाग्ने र बिहानैबाट हावा चल्ने भएको छ ।

चिसो निक्कै बडेपछि हाल तापक्रम माईनस १५ सेलसियसमा झरेको छ । अत्याधिक चिसो बढेपछि खानेपानीको धारा समेत जम्न थालेको छ । उनका अनुसार तातो पानी तताएर हालेपछि मात्र पानी आउने गरेको र चिसोका कारण हात मुख धुने काम गर्नलाई पनि समस्या भएको छ । अत्याधिक चिसोको कारण विहान करीव १० नवज्दासम्म बाहिर आउनलाएंई कठिनाई भएको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।