नेभिगेशन
राष्ट्रिय

ट्राफिक नियम विपरित चल्दै हुम्लाका सवारी साधन

हुम्ला जिल्लाका केही सिमित स्थानहरुमा सञ्चालन भईरहेका सवारी साधनहरु ट्राफिक नियम विपरित सञ्चालन भएका छन् । जिल्ला सदरमुकाम सिमकोटबाट एक दर्जन गाडी र ट्याक्टरहरु सञ्चालन भएका छन ति सवै ट्राफिक नियम विपरित गुडि रहेका छन् ।

हुम्ला जिल्लाको सदरमुकाम सिमकोट वजारमा ट्राफिक प्रहरीले गाडीमा कति जना यात्रु बसेका छन् र सामन कति छ भन्ने चेक जाँच गरे पनि सिमकोट गाउँपालिका वडा नम्वर ६ को तिन धारा र वडा नम्वर ५ को सिवमन्दिर पास हुँदा वितिकै उक्त गाडीहरुले ओप्लोड मानिस र सामन राखेर गुडि रहेका छन् । जिल्लामा रुडप्रमिड विना सञ्चालन भएकोत यथावत नै छ तर व्यवस्थित तरिकाले भने गाडी सञ्चालन गर्नु पर्छ भन्ने चेतना गाडी चालक र मालिकमा नभएको पाइएको छ ।

पैंसाको लोभले गर्दा हाल सिमकोट गाउँपालिका वडा नम्वर ६ को तिनधाराबाटै जुनसुकै गाडीहरुले ओवरलोड गरेर गाउँसम्म पुग्ने गरेको डाँडाफयाबाट सञ्चारकमी मन्दिर सिंहले बताए । उनका अनुसार दिन रातै सञ्चालन भई रहेका एक दर्जन गाडी, ट्याक्टरहरुले क्षमता भन्दा बढि यात्रु र सामन बोकेर गाउँमा पुग्ने गरेका छन् ।

उक्त गाडी सञ्चालन भएका बाटोहरु भने सिंगल गाडीलाई आवत जावत गर्नलाई समेत समस्या छ । तर पैसाको लोपले गर्दा कोच्चिएर यात्रु ओसार पसार गरेका छन् । हाल सिमकोट देखि खार्पुदोभान, ठेहे र धारापोरीसम्म पुग्ने गरेका छन् । यो भन्दा अघि पनि हुम्लामा करीव २५ जना यात्रुको गाडी दुरघटनाबाट मृत्यु भइसकेको छ ।

उक्त कच्चि सडकमा जवरजस्ति यात्रुहरु बस्ने र बसाल्ने काम गरेको हुँदा आज उप्रान्त दुरघटना हुन नसक्ला भन्न सकिदैन । यसको बारेमा हुम्लाको ट्राफिक प्रहरीले सवै ठाउँमा ट्राफिक नियम पालना गर्नका लागि परिचालन हुनु पर्ने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।