नेभिगेशन
राष्ट्रिय

मौसम परिवर्तन पछि हुम्लामा चिसो बढ्यो

आज विहानबाट मौसममा परिवर्तन आएसँगै हुम्लाको सदरमुकाम सिमकोट सहित उत्तरी क्षेत्रमा चिसो अत्याधिक बढेको महशुस गरीएको छ । विहान देखि बादल लागेर घाम नलागेका कारण चिसो बढेको छ । विहान बेलुका चिसो बढी हुनेभएपनि दिउँसो घाम लागेपछि चिसोको महशुस नगरेका यहाँकाले स्थानीयले आज विहानबाट मौसम परिवर्तन सँगै बादल लागेर चिसो बढेको महशुस गरेका छन् । यो वर्ष जिल्लामा हिमपात नभएपनि चिसो अत्याधिक बढेको यहाँका स्थानीय राज बहादुर भण्डारीले बताउनुभयो । विगतका वर्षहरुमा हिमपात हुँदा चिसो खासै नमानिएपनि यो वर्ष हिउँ नपर्दा चिसो अत्याधिक बढेको महशुस भएको भण्डारीले बताउनुभयो ।

यस्तै जिल्लाको उत्तरी चीनसँगको सिमानाका नाम्खाको हिल्सामा आज दिउँसको तापक्रम माइन सात डिग्री पुगेको छ । दिउँसको समयमा पनि चिसो अत्याधिक भएपछि सिमा सशस्त्रलाई गस्ति समस्या बनाएको हिल्ला सिमा सुरक्षामा खिटएको हिल्सा विओपीका इन्चार्ज सुरज केसीले बताउनुभयो ।
शनिबार बिहान हुम्लाको तापक्रम माइनस ७ डिग्रीमा झरेको छ । बिहान तापक्रम घटे पनि दिउँसो यहाँको अधिकतम तापक्रम ८, ९ डिग्रीसम्म पुग्ने प्रक्षेपण विभागले गरेपनि आज दिउँसको समयमा पनि तापक्रम माइनसमा झरेको छ ।

चिसो बढेसँगै जिल्ला सदरमुकाम सिमकोट सञ्चाली होटेल पसल व्यवसायिहरुले आफ्नो पसल अगाडी आगो बालेर आगो ताप्दै व्यवसाय सञ्चालन गरीरहेका छन् ।

चिसोले बालबालिका, वृद्धवृद्धालाई समस्या निम्त्याउने भएको न्यानो भएर बस्न जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीमान बहादुर रोकायाले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको तल्लो क्षेत्रमा विहान बेलुका चिसो बढी हुनेभएपनि दिउँसको समयमा चिसो कमै हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।