नेभिगेशन
सिमकोट

इन्टरनेट चलाउने बाहनामा स्वास्थ्यचौकी परिशर दुर्गन्धित

हुम्लाको सिमकोट गाउँपालिका वडा सातको डाडगाफयामा रहेको स्वास्थ्यचौकी पछिल्लो समय स्थानीयले दुर्गन्धित बनाएका छन् । स्वास्थ्यचौकीमा रहेको वल्र्डलिंक कम्युनिकेशनबाट जडान गरीएको इन्टरनेट सोव चलाउने बाहनामा यहाँका स्थानीयले विभिन्न सामग्रीले स्वास्थ्यचौकी फोहोर बनाएका छन् । स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा डाडाफयाका स्थानीयले चुरोट, सुर्तिजन्य, मेघाश्री, लगायतका धुब्रपान सेवन गरी त्यसको फोहोर जताततै फ्याक्ने गरे पछी स्वास्थ्यचौकी जति सरसफाई गरेपनि दुर्गन्धित हुने गरेको स्वास्थ्यचौकी इन्चार्ज सन्तोष बोहरालाई उद्र्धित गर्दै पत्रकार मन्दिर सिंहले जानकारी दिनुभयो । स्वास्थ्यचौकीमा फोहोर नगर्न आग्रह गर्दा पनि कोही कसैले नमाने सिंहले जानकारी दिनुभयो ।

यस्तै डाडाफयाका स्थानीयले आफु विरामी हुँदा बालबालिका लाई औषधि लिनका लागी पठाउने स्वास्थ्यचौकी पठाउन र आफुहरु घरमै बस्ने गरका छन् । यहाँका स्थानीयले चरम अल्छिपना गरेर चार देखि पाँच वर्ष मुनिका बालबालिका लाई औषधि लिन पठाउने गरेका छन् ।

स्वास्थ्य चौकीका इन्चार्ज बोहरालाई उद्र्धित गर्दै पत्रकार सिंहका अनुसार होम डेलिभरी कम गराइएको, चार देखि पाँच वर्षका बालबालिका लाई अभिभावले औषधि माग्न पठाउने, विरामी अभिभाव स्वयम उपस्थित नहुँदा समस्या भएको गुनासो गरेको बताइएको छ ।

यस्तै स्वास्थ्यचौकी चौकी हाताभित्र यहाँका स्थानीयले पशुवस्तु छाडा छोड्ने गरेका कारण स्वास्थयचौकी परिशर झन फोहोर देखिएको छ ।

डाँडाफया स्वास्थ्य चौकिमा घेरबार जिर्ण अवस्थामा हुँदा दैनिक गाइगोरु को चरान क्षेत्र जस्तो भएको छ । त्यति मात्रै नभएर रात दिन नै अनावश्यक मानिसको जमघट हुने थलोका रुपमा समेत बनेको बताइएकोम छ ।

यसरी अनावश्यक सम्वेदनशिल क्षेत्रमा मानिस तथा गाइवस्तुको प्रवेशले छाडा जस्तै बनेको छ भने कुनै दिन अप्रिय घट्ना घटेमा यसको जिम्मेवारी जवाफ दिने को ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्