नेभिगेशन
राष्ट्रिय

हुम्लामा हिमपात शुरु जनजीजन कष्टकर

हुम्लामा आइतबार दिउँसो साढे एक बजेबाट निरन्तर हिमपात भइरहेको छ । शनिवार विहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै आइतबार हिउँसोबाट सदरमुकमा सिमकोट सहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यािध बढेको छ ।

जिल्लामा पहिलो पटक मङसिरमा हिमपात भएको थियो भने त्यस यता ििहमपात नहुँदा चिसो ह्वात्तै बढेको छ । जिल्लामा हिमपात हुँदा जनजिवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ ।

हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोट सहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । उत्तरी नाम्खा गाउँपालिकामा आज विहानबाट हिमपात भइरहेको हिल्सा सिमा सुरक्षामा खटिएका हिल्सा विपओपीका इन्चार्ज सुरज केसीले जानकारी दिनुभयो ।

आज विहानबाट नारा लेख सहित उच्च क्षेत्रमा हिमपात हुँदा चिसो अत्याधिक बढेर घरबाहिर निस्कन समेत समस्या बनाएको केसीले जानकारी दिनुभयो ।

यस्तै जिल्ला सदरमुकाम सिमकोटवासि हिउँमा रमाउन थालेका छन् । आइतबार दिउँसोबाट हिमपात हुँदा किसान खुशी भएका छन् ।

जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् र
लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने स्थानीय हेमन्त बोहराले जानकारी दिनुभयो ।

विगतका वर्षहरुमा यतिबेला हिमपात भएर किसानहरुले जेठासी बालि खनजोत गरेर सकाए हुन्थे । यो वर्ष मङसिरमा हल्ला हिमपात भएपनि अत्याधिक हिमपात अहिले सम्म भएको छैन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।