नेभिगेशन
ताँजकोट

ओली पक्षको हुम्लामा पालिकास्तरी कार्यकर्ता भेला शुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षको वृहत् कार्यकर्ता भेला हुम्लाका सातवटा स्थानीयमा आजबाट शुरुभएको छ । आज पहिलो दिन जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा बृहत आमसभा सम्पन्न भएको छ । आजभएकोकार्यक्रमलाई प्रमुख अतिथिका रुपमा रहेका कर्णाली प्रदेशका अध्यक्ष तथा केन्द्रिय सदस्य गोरख बोगटीले सम्बोधन गर्नुभएको थियो ।

आमसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश नेकपाका अध्यक्ष गोरख बोगटीले आफ्नो पक्ष आधिकारीक नोपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको बताउनुभयो ।नेकपाको ओली समूहका केन्द्रीय सदस्य नेता बोगटीले प्रतिनिधिसभा पुनःस्थापना नहुने र सूर्य चिह्न आफूहरूले पाउने दाबी गरेका छन् । उनले भने जहाँ ओली त्यहीँ नेकपा र सूर्य हुन्छ कोही पनि भरममा नपर्न र आफ्ना कार्यकर्तालाई ढुक्क भएर बस्न भनेका छन । अगुवा कार्यकर्ता भेलामा वैशाखमा चुनाव हुनेमा शंका नगर्न पनि आग्रह गरे । प्रधानमन्त्रीले ताजा जनादेश लिन निर्वाचन मिति घोषणा गरी सुरक्षा निकाय र निर्वाचन आयोगसँगसमेत छलफल गरिसकेको उनले बताए । 

अब संसदीय निर्वाचनपछिको परिणामले मात्र पार्टी पुनः एकीकरणको आवश्यकता माग्न सक्छ, भर्खर पार्टी एक हुँदैन । आज ताजाकोटको छप्रेलामा नेकपाको ओली समूहले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अर्का केन्द्रिय सदस्य दल फडेराले भने, ‘सूर्य चुनाव चिह्नमा दाबी गर्ने प्रचण्डलाई नैतिक आधार छैन । सूर्य हुन्छ त हाम्रो मात्र, नभए कसैको पनि हुँदैन ।’ दाहाल-नेपाल समूहले आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेकाले पार्टी फुटेको अदानचुली गाउपालिकाका अध्यक्ष समेत रहेका नेता फडेराले बताए । 
अगुवा कार्यकर्ता भेलालाई केन्द्रिय सदस्य एबं खार्पुनाथ गाउपालिकाका उपाध्यक्ष रुपा शाही, नेता गोविन्द शाही र नेकपा हुम्लाका कार्यालय सचिव कमल बोहराले सम्वोधन गरेका छन् । आफ्नै पाटीको सरकार भएर पनि सरकारलाई काम गर्न पनि नदिने बाटो नछोड्ने प्रचन्ड र नेपाल पक्षले गरेकाले पार्टीको यो दुरदसा भएको भन्दै नेकपा विभाजनमा कात्तिक २८ गतेको पुष्पकमल दाहालको आरोपपत्र नै मुख्य कारण भएको सम्बोधन गर्ने क्रममा नेता शाहीले आरोप लगाएकी छन । 

पार्टी भित्रै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विच विवाद हुँदा प्रधानमन्त्री ओली संकटमा परेपछि संसद विघटन गरेको बोगटीले बताउनुभयो । पार्टी भित्र काम गर्न नदिएपछि संसद विघटन गर्नु बाहेक अन्य विकल्प नभएकाले संसद विघटन गरीएको बोगटीले बताउनुभयो । आजैभएको कार्यक्रममा नागरीकको ठुलो संख्यामा उपस्थित रहेको बताइएको छ ।

ताँजाकोट छप्रेलामा गरीएको आमसभा कार्यक्रममा कर्णाली प्रदेशका अध्यक्ष तथा केन्द्रिय सदस्य गोरख बोगटी, अदानचुली गाउँपालिका अध्यक्ष तथा केन्द्रिय सदस्य दल फडेरा, प्रदेश कमिटी सदस्य तथा दलित आयोग सदस्य मेल बहादुर पार्की, कमल बोहरा, गोविन्द शाही, लगायतका नेता तथा कार्यकर्ताको उपस्थित रहेको सञ्चारकर्मी नवराज महताराले जानकारी दिनुभयो ।

यस्तै भोली अदानचुली गाउँपालिका, २५ गते चंखेली गाउँपालिका र २७ गते सर्केगाड गाउँपालिकामा केन्द्रिय सदस्य बोगटी नेतृत्वको आएको टानेली बृहत आमसभा तथा कार्यकर्ता भेटघाट गर्नेभएको छ । अदानचुनलीमा २३ गते हुने बृहत कार्यक्रमलाई सफल पार्नका लागी देउडा,हुड्के नाच,अन्य बाजा लगायतको सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप ताँजकोट
पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

कर्णाली प्रदेस सरकाको मुख्य मन्त्री हुँदै गर्दा ताजाँकोट गाउँपालिकाको विकासका लागि महत्वपुर्ण योगदान गरेको भन्दै उहाँलाई २५ किलोको माला सहित च्याँग्राको रौँ बाट बनेको राडी (पाखी)ले सम्मान गरेको...
यस्तो छ, ताँजाकोट गाउँपालिकाको ३८ करोडको बजेट

यस्तो छ, ताँजाकोट गाउँपालिकाको ३८ करोडको बजेट

संघीय वित्तियसमान्निकरण अनुदान ६ करोड १९ लाख, संघीय शर्सत अनुदान १४ करोड ९१ लाख ९१ हार, संघीय विषेश अनुदान १ करोड ५० लाख र संघीय राजस्व बाँडफाडमा ५...