नेभिगेशन
अदानचुली

पदका लागी कित्ता परिवर्तन गरेका साथी अनन्त ओली पक्षमा आउने बोगटी

जिल्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समुहको वृहत् कार्यकर्ता भेला सम्पन्न भएको छ । बुधबारबाट पालिकास्तरीय कार्यकर्ता भेला शुरु गरेको नेकपाले आज भव्यताका साथ अदानचुलीमा कार्यक्रम सञ्चालन गरेको जानकारी प्राप्त भएको छ । अदानचुलीमा भएको आजको कार्यक्रमलाई सम्बोधन गर्दै अधिकांस बक्ताहरुले नेपाल कम्युनष्टि पार्टी नेकपा प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टी अध्यक्ष शर्माकै पक्षमा हुने बताएका थिए ।

सत्ता र कुर्चीको लागी सार्थीहरुले कित्ता परिवर्तन गरेर प्रचण्ड नेपाल पक्षमा कित्ता परिवर्तन गरेपनि अन्तिममा अ‍ोपी पक्षमा सहमाहित हुने केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश नेकपाका अध्यक्ष बोगटीले बताउनुभयो । सर्बोच्चले पार्टीको नाम र सुर्य चिन्ह प्रधानमन्त्री ओलीकै पक्षमा फैसला गर्ने केन्द्रिय सदस्य बोगटीले दावी गर्नुभयो ।

नेकपाको ओली समूहका केन्द्रीय सदस्य नेता बोगटीले प्रतिनिधिसभा पुनःस्थापना नहुने र सूर्य चिह्न आफूहरूले पाउने दाबी गरेका छन् । उहाँले भन्नुभयो, जहाँ ओली त्यहीँ नेकपा र सूर्य हुन्छ कार्यकर्तालाई भरममा नपर्न र ढुक्क भएर बस्न आग्रह गरेका छन् ।आमसभा कार्यक्रममा कर्णाली प्रदेशका अध्यक्ष तथा केन्द्रिय सदस्य गोरख बोगटी, अदानचुली गाउँपालिका अध्यक्ष तथा केन्द्रिय सदस्य दल फडेरा, प्रदेश कमिटी सदस्य तथा दलित आयोग सदस्य मेल बहादुर पार्की, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष तथा केन्द्रिय सदस्य रुपा शाही, कमल बोहरा, गोविन्द शाही, नवराज महतारा लगायतका नेताले आजको कार्यक्रमलाई सम्बोधन गरेको रेडियो श्रीनगरका कालि बहादुर थापाले जानकारी दिनुभयो । 

अदानचुलीमा आज कार्यक्रम भव्यरुपमा सन्चालन भएको थियो भने करीब तीन सय जना भन्दा बढीको उपस्थित रहेको बताइएको छ ।
यस्तै चंखेली गाउँपालिका र २७ गते सर्केगाड गाउँपालिकामा बृहत आमसभा तथा कार्यकर्ता भेटघाट हुनेभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग बमोजिम रकम भुक्तानी नहुने समस्यालाई यथासकय...
सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

पहिरोमा परि घाईते हुनेमा अदानचुली गाउँपालिका वडा नं. २ का तुलराज महतारा, युवराज बुढा, घमण्डी थापा र धनसोभा बुढा रहेका छन । वर्षाका कारण थपालीमा सडकमा क्षेती हुदा...