नेभिगेशन
राष्ट्रिय

हुम्लाको सिटिजन्स बैंक सिल कोरोना संक्रमित जिल्ला बाहिर पठाउने तयारी

हुम्लाको सदरमुकाम सिमकोट रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरीएको छ । बैंकमा कार्यरत पाँचजना कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजबाट सिल गरीएको हो ।

शनिबार दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आज आइतबारदेखि सिटिजन्स बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोबार ठप्प भएको बैंकले जानकारी दिएको छ । एक जना महिला र एकजना पुरुष गरी दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दुई दिनका लागी बैंक सिल गरीएको हो ।

एकजना संक्रमितलाई जिल्ला बाहिर पठाउने तयारी

यस्तै एक जना पुरुष कर्मचारीमा देखिएको कोरोना संक्रमणको उपचार यहाँ हुन नसकेपछि उहाँलाई जिल्ला बाहिर पठाउने तयारी भइरहेको सिटिजन्स बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिनुभयो ।

संक्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टर मार्फत जिल्ला बाहिर पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।

जिल्लामा संक्रमित कर्मचारीको उपचार सम्भव नभएपछि हेलिकप्टर उद्धारका लागी हेलिकप्टर मागको लागी पहल भइरहेको फडेराले बताउनुभयो ।
जिल्ला अस्पताल हुम्लाले जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी तथा भिडभाड बढी हुने कार्यालयमा कार्यरत कर्मचारीको कोरोना परिक्षण गर्दै आएको जिल्ला अस्पतालका सुचना अधिकारी फडेराले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।