नेभिगेशन
राष्ट्रिय

खानेपानीको काम गरियो, धारामा नत पानी झर्यो, नत पैँसा पाइयो

खानेपानी उपभोक्ता समितिका अध्यक्षले काम गराएको पाँच महिना वित्दा पनि स्थानीयले ज्याला नपाएको गुनासो गरेका छन् । सिमकोट गाउँपालिका–८ स्थित स्याँडा गाउँमा खाने पानी बनाउनका लागि आएको रकम दुरुपयोग भएको छ । स्याँडा गाउँका करीव २ सय जना स्थानीयले मज्दुरी गरि कमाएको रकम, उपभोक्ता समितिका अध्यक्षले आफ्नो व्यक्तिगत रुपमा खर्च गरेको देखिएको छ ।


०७७ साल साउन महिनाबाट होपा खाने पानीको काम सुरुवाती गरेको पाँच महिना विति सक्दा पनि खाने पानी उपभोक्ता समितिका अध्यक्ष भैबहादुर बुढाले कामदारहरुलाई नदिएको स्थानीयको गुनासो छ । समितिका अध्यक्षले स्याँडा गाउँका करीव २ सय कामदार मध्य १ सय कामदारलाई सो ज्याला दिएको र अन्य सवै जनालाई हालसम्म काम गरेको रकम दिन नमानेको स्याँडा गाउँका स्थानीय लक्ष्य बुढाले गुनासो गरेका छन् ।


गत साउन महिनाबाट काम सुरु गरि भदौ महिनामा काम सम्पन्न भएको थियो तर सो रकम मज्दुरीलाई नदिएको बुढाले बताए । स्थानीय बुढाका अनुसार कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत खाने पानीका लागि ६५ लाख रुपियाँ छुट्याएता पनि बालुवामा पानी हाले जस्तै भएको छ ।


स्थानीय बुढाले भने उक्त रकम मार्फत गाउँमा ११ वटा खाने पानीका नयाँ धाराहरु बनाउने भनियो तर खाने पानी उपभोक्त समितिको लापरवाहीका कारण जम्मा नौवटा धारा मात्रै निर्माण गरियो । गाउँमा नौवटा धाराहरु निर्माण गरिएको नाम मात्रै भयो, धाराहरु बनाइयो, तर पानी हलसम्म पनि झरेन यो समस्या जस्ताको तस्तै रहयो ।


खाने पानीको काम गरेमा पैशा पनि पाइने पानीको पनि सुविधा हुने भन्ने आशै आसमा काम गरियो नत पानी प्युन पाइयो नत ज्याला नै पाइयो स्थानीयले गुनासो गरेका छन् । धारामा पानी नझरेपछि पुरानै समस्या झेल्नु पर्ने बाध्यता अझैँ हटेन स्थानीयले भने ।
दुई दिन मात्रै काम गरेको एक जना कामदार बरावर १ हजार ६ सय रकम पाउनु पर्ने हो तर सो रकम पाइएन भन्दै स्थानीयले दुखेसो पोखे । काम गरेको ज्याला माग्न जाँदा अध्यक्ष बुढाले मेरो व्यक्तिगत काम गरेका छौ र ? के मेरो खेत जात्न गएको हो र ? भन्दै उल्टै धम्काउने काम गरेको स्थानीयले बताए । स्थानीय बुढाले भने यदि काम गरेको ज्याला नदिएमा प्रहरी प्रशासन समेत धाउन सक्ने चेतावानी समेत दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।