नेभिगेशन
राष्ट्रिय

कोरोना संक्रमितको हुम्लाबाट हेलिकप्टर मार्फत काठमाण्डौ उद्धार

हुम्लाको सिटिजन बैंक शाखा कार्यालय सिमकोटमा र्कायरत एक जना कोरोना संक्रमितको आज हेलिकप्टर मार्फत उद्धार गरीएको छ । बैंकमा कार्यरत पाँचजना कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एकजना संक्रमितको अवस्था जटिल देखिएपछि जिल्ला बाहिर हेलिकप्टर मार्फत उद्धार गरीएको जिल्ला अस्पताल हुम्लाका ल्याप टेक्निसियन बलिराज भण्डारीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण देखिएका २५ वर्षीय पुरूषको हेलिकोप्टरबाट उद्वार गरेर काठमाण्डौ लगिएको भण्डारीले जानकारी दिनुभयो । काठमाण्डौमा रहेको स्टार अस्पतालबाट दुईजना डाक्टर सहितको टोली हुम्ला पुगेर संक्रमित पुरुषको उद्धार गरीएको हो ।

कोरोना संक्रमितको स्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल हुम्लाले काठमाण्डौ रेफर गर्नुका साथै हुम्लाबाट हेलिकोप्टरमा काठमाडौं लगिएको स्वास्थ्य सेवा कार्यलय हुम्लाका निमित्त कार्यलय प्रमुख सरिता बोहराले जानकारी दिनुभयो ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दुई दिन सिटिजन्स बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोबार ठप्प भएको बैंकले जानकारी दिएको छ ।

अर्का कोरोना संक्रमित महिलाको अवस्था सामान्य रहेकाले जिल्लामै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।