नेभिगेशन
राष्ट्रिय

कृषि विकास कार्यालयमा अनुदानका लागी १७ सय प्रस्तावना

जिल्ला कृषि विकास कार्यालय हुम्लाले वर्षेनी जिल्लाका कृषकलाई अनुदानमा वितरण गर्दै आएको विभिन्न शिर्षकको कार्यक्रमका लागी यो वर्ष कम प्रस्तावना दर्ता भएका छन् । गत वर्ष जिल्ला कृषि विकास कार्यालय हुम्लामा पाँच हजार भन्दा बढी प्रस्तावना दर्ताभएपनि यो वर्ष दशवटा कार्यक्रमका लागी एक हजार सात सय ५४ वटा मात्रै प्रस्तावना दर्ता भएको निमित्त कार्यालय प्रमुख धिरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

विभिन्न शिर्षकमा रहेका दशवटा कार्यक्रमका लागी कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश मुख्यमन्त्री स्वरोजगार र संघ सरकारबाट गरेर १२ करोड १८ लाख ५४ हजार बराबरको रकम कृषकलाई अनुदानमा वितरण गरीने भएको निमित्त कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । यो मध्ये संघ सरकारबाट बाट आएको दुई करोड २२ लाख ६० हजार अनुदान रकम परिवर्तन नहुने र प्रदेश सरकारबाट आएको विभिन्न शिर्षकको रकममा फेरबदल हुने सक्ने भएको उहाँले जानकारी दिनुभयो ।

यो वर्ष जिल्लाका कृषकबाट प्र्रस्तावना कम दर्ता भएपनि विभिन्न शिषकका कार्यक्रममा रकम कम पठाएकाले बढी पठाउन माग गरीएको कृषि विकास कार्यालय हुमलाले जानकारी दिएको छ ।

अझै पनि पकेट ब्लक निर्माण कार्यक्रमका लागी प्रस्तावना दर्ता हुने क्रम जारी रहेको बताइएको छ ।

कृषि व्यवसाय प्रबद्र्धन कार्यक्रम, गरिबी निवारणका लागि महिला सशक्तिरण मार्फत् उत्पादन तथा उद्यम प्रबद्र्धन कार्यक्रम ११ , व्यवसायिक मौरीपालन दुई सय ९२, व्यावसायिक कृषकका लागि कृषि यान्त्रिकरण एक सय ५२, कर्णाली ब्राण्ड निर्माण÷अर्गानिक पदार्थ बजारीकरणको लागि सहयोग कार्यक्रम ५५, ब्यावसायिक हिउँदे फलफुल नर्सरी स्थापना कार्यक्रम, ब्यावसायिक फलफुल बगैँचा कार्यक्रम चार सय १७, तरकारी तथा खाद्यान्न प्रबद्र्धन कार्यक्रम दुई सय ४१, सहकारी मार्फत कृषि उद्यम प्रबद्र्धन कार्यक्रम २८, चक्लाबन्दी खेती प्रोत्साहन अनुदान कार्यक्रम ५९ र रैथानी बाली प्रबद्र्धन कार्यक्रमका लागी ४ सय ६७ आवेदन दर्ता भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।