नेभिगेशन
राष्ट्रिय

आर्थिक अभावमा तीन महिनादेखि ओछ्यानमै थला

हुम्लाको चंखेली गाँउपालिका– २ दार्मका २२ वर्षिय नगेन्द्र सुनार आर्थिक अभावमा तीन महिनादेखि ओछ्यानमै थला परेका छन् । घरको आर्थिक अवस्था कमजोरी भएपछि उनको उपचारमा समस्या भएको हो । विगत तीन वर्ष अघिदेखि कपालकोे नशा च्यापिएर बिरामी परेका सुनारको ०७७ कार्तिक महिनादेखि स्वास्थ्यमा झन ठूलो समस्या आएको भन्दै उपचारका लागि सवैलाई हारगुंहार गर्नु परेको विरामी सुनारले बताए ।


कपालको नशा च्यापिए लगतै उपचारका लागि काठमाण्डौं पठाएपनि आर्थिक अभावले छोराकाे उपचार हुुुन नसकेको उनका बुबा पौमल सुनारले बताए । उनले भने, छोरालाई उपचारमा काठमाण्डौं लगियो तर कसैको सहयोग भएन, तीन महिनादेखि ओछ्यानमै थला परेको छ । कसैको सहयोग भएमा उपचार हुने नत्र ओछ्यानमै थला पर्नु बाहेक अन्य विकल्प नभएको विरामीका बुवा पौमलको भनाई छ ।

 

आर्थिक अभावले गर्दा छोराको उपचार गर्नलाई जटिल समस्या भयो, घरको आर्थिक पनि नाजुक छ, गाउँदेखि केन्द्र सम्मका विभिन्न निकायमा हारगुहार गर्दा समेत कसैले सुनुवाई नगरेको सुनारले गुनासो गरे । छोराको उपचार खर्चका लागि घरको जग्गा जमीन पनि बिक्रि गरियो तर पर्याप्त भएन सुनारले भने । बिरामी नगेन्द्र सुनार आर्थिक अभावले महिनौदिनदेखि ओछ्यानमै थला पर्नु परेको छ ।


उपचार सहयोग गरिदिन हुन सम्पुर्णलाई आग्रह गरेका छन् । सुनारलाई आर्थिक सहयोग गर्न उनको मोबाईल नम्बर ९८४५४४२९३३ मा सम्पर्क गरि आवश्यक सहयोग समेत गर्नका लागि अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।