नेभिगेशन
राष्ट्रिय

हुम्लीले मनाए भुओ पर्व

उच्च हिमाली जिल्ला हुम्लाका विभिन्न क्षेत्रमा धुमधामका साथ भुओ पर्व मनाएका छन् । जिल्लाको सिमकोट, सर्केगाड, चंखेली, अदानचुलि, खार्पुनाथ र ताँजाकोट गाउँपालिका लगायतका गाउँहरुमा भुओ पर्व भव्य रुपमा मनाइएको छ ।

जिल्लाको सिमकोट गाउँपालिका वडा एक,दुई ठेहे गाउँमा यो पर्व भव्यताका मनाएको स्थानीय हेमन्त बोहरालेजानकारी दिनुभयो ।

प्रत्येक वर्षको शुक्ल पूर्णिमाको दिनमा मनाईने भुओ पर्व गाउँको पाइक पर्ने स्थानमा रातभर आगो बालेर जाग्राम बसेर रमाउने गरेको बोहराले जानकारी दिनुभयो ।

गाउँले सबैले एक घरबाट दाउराको एक मुढचो दिने र राती एक बजेको समयमा भुओ मनाउने गरीन्छ । शुरुमा गाउँको पाइक पर्ने स्थानमा गाउँकै देवता बाडपाल देवताले दियो जगाएपछि सबैले आ आफ्नो घरबाट सल्लाको दियालो अर्था झरो लिएर गएकाहरुले दियो जगाएपछि त्यसमा सबैले फ्याक्ने गर्दछन् । यसरी भुओ पर्व मनाउँदा गाउँमा शुभ हुने र खसिको खलि समेत दिने चलन रहेको छ ।

यस्तै हुम्ला जिल्लाको मध्ये भागमा रहेको सर्केगाड गाउपालिका वडा ६ बराई गाउँमा एतिहासिक पर्व भुओ पर्व भव्यताका साथ मनाईएको छ ।

यो पर्व परापुर्व काल देखि मनाउदै आएकोयहाँका स्थानीयले बताउने गरेका छन् ।

भुओ पर्व हेर्नका लागी छिमेकी गाउँ रोडिकोट, साया, छ्यागी राहदेव र गोठी लगायतका गाउँबाट मेला हेर्नेहरुको घुइचो लागेको स्थानीय भक्तराज ऐडिले जानकारी दिनुभयो ।

विशेष गरि भुओ पर्व व्यासी जातिहरुले वर्ष परिवर्तनको रुपमा पनि लिने गरेका छन् ।

भुओ पर्वमा आ आफ्नो क्षमता अनुसारको पुरानो गरगहनाको पहिरन सहित आफ्नो भेष भुशा संस्कृती जोगाउनको लागि आफ्नो संस्कारको पहिरनमा सजिएर महिला पुरुषहरु बाजागाजाको तालमा फुर्का खेल्ने गर्दछन ।

भुओ पर्वमा गाउँमा वर्ष भरी कुनै घरको सदस्यको मृत्यु भएमा भुओका दिन बाट शुद्ध हुने वा चोखिने भएकोले यो पर्वलाई ऐतिहासिक पर्वको रुपमा लिने गरिएको हो ।

घर लिप पोत गर्ने,आफ्नो चेली बेटि हरुलाई बोलाएर मिठा मसिना परिकारहरु खुवाउने , बर्ष परिवर्तन हुने हुनाले सबै कुरा नयाँ गर्ने हुँदा नयाँ खाना बनाउने, आगो नयाँ बाल्ने, पानी कसैलाई नछोएर ल्याउने लगाएतका कामहरु गर्ने र बिहान ४ बजे देखि शुरु भएर औल बराईदेखि बाजा गाजाको साथमा लाम लस्कर लागेर लेख बराईको भुओ खेल्ने ठाउँमा जम्मा भएर सबै घरधुरीहरु त्यहाँ बाट अलि पाँच मिनेटको उकालो हिडेर पितर पुज्ने ठाउँमा पुगि बुढा पाखाहरुले पितर पुज्ने चलन रहेको ऐडिले जानकारी दिनुभयो ।

दिनभर विभिन्न बाजाको तालमा फुर्का खेलेर रमाईलो गर्दै दुई पक्ष विपक्ष बीच को हार जितको खेल गरेर फुर्का खेल समापन गर्दछन ।

त्यसपछी विभिन्न गाउबाट आएका पाउनाहरुलाई नास्ता खुवाएर औल बराई फर्किन्छन औल बराई फर्किने क्रममा दुई गाउँको बिचमा पर्ने डाज्या भन्ने ठाउँमा परापुर्व काल देखि गर्दै आएको विभिन्न गाउँबाट आएका र बराई गाउँका युवाहरुको शक्ति पर्दशनको लागि ढुङ्गा उचाल्ने चलन रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।