नेभिगेशन
राष्ट्रिय

हुम्ला आउँदा पिसिआर अनिवार्य हटाइयो ।

जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गबाट हुम्ला आउँदा यात्रुलाई आजबाट पिसिआर रिर्पोट नचाहिने भएको छ । यसअघि देशका विभिन्न शहरबाट हुमला प्रवेश गर्दा अनिवार्य गरीएको पिसिआर रिर्पोट आजबाट नचाहिने भएको हो । २०७६ चैत ११ गतेबाट लकडाउन भए पश्चात जिल्लाका नागरिकहरु आवत जावत गर्नका लागि जिल्ला बाहिर रहेको भए पनि अनिवार्य रुपमा पिसिआर चाहिन्थ्यो तर विच विचमा पिसिआर रिर्पोट नक्कली ल्याएर प्रवेश गर्नेको संख्यामा उल्लेखनिय भएपछि आजबाट पिसिआर नचाहिने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण हुम्ला जिल्लामा एकाएक फैलिदाँ जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट हवाई यात्राबाट आउने जो कोहीले पिसियार रिर्पोट ल्याउनु पर्ने निर्णय गरेको थियो ।

जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको सदरमुकाम सिमकोट आउँदा २ हजार रुपैयाँ तिरेर पिसिआर रिर्पोट ल्याउँदा समस्यामा पर्ने गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको कोभिड विपत व्यवस्थापन समितिको आज बसेको बैठकले अनिवार्य रुपमा पिसिआर नचाहिने निर्णय गरेपछि यो समस्याबाट यहाँका स्थानीयले छुटकारा पाएका छन् ।

शुक्रबार सिमकोट गाउँपालिकामा बसेको कार्यसमितिको बैठकले जिल्लामा त्यति कोरोनाको त्रास नभएकाले अबदेखी नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको सदरमुकाम सिमकोट आउँदा पिसियार रिर्पोट नचाहिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरिले जानकारी दिनुभयो ।

जिल्ला बाहिरबाट आएका व्यक्तिहरुलाई विमानस्थलको हेल्थ डेक्सले भने नियमित कोरोना चेक जाँच गर्ने भएको छ । त्यसमा कोभिड १९ संकास्पद व्यक्तिहरुलाई भने व्यवस्थीत रुपमा राखिने जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।