नेपाल कम्युनिष्ट पार्टी नेपकाका प्रचण्ड नेपाल समुहले जिल्ला सदरमुकाम सिमकोट सहित सातवटै गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संसारका मजदुर एक हौँ, भन्ने नाराका साथ असंबैधानिक संसद विघटन विरुद्ध अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम तल्लो बजारमा रहेको जिल्ला समन्वय समितीको सभाहलमा सम्पन्न भएको हो ।
नेकपा प्रचण्ड नेपाल समुहका सिमकोट गाउँपालिका संयोजक ताक्ला जिम्मेत लामाको अध्यक्षतामा र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विजय भण्डारीको प्रमुख आथित्यमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आजै भएको कार्यक्रममा छिरिङ डन्डोल लामा (कार्चेन) छिमि लामा (आसाकार) लगायतका नेता तथा कार्यकर्ताको उस्थित रहेको थियो ।
आज भएको कार्यक्रममा बोल्दै नेकपा कर्णाली प्रदेशका प्रदेश कमिटी सदस्य लोक बहादुर हमालले प्रधानमन्त्री केपी शर्मा ओली एकतन्त्रीय शासनको हैकम जमाएको र पार्टीको विभि र विधानअनुरुप काम नगरेपछि आफुहरु प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध एकताबद्ध भएर अघि बढेको बताउनुभयो ।
यस्तै नेकपाका प्रदेश समन्वय समितीका सचिव तिर्थराज रोकायले कसैको इच्छा र चाहनाले नभएर पुर्व माओवादी र पुर्व एमालेका नेताहरु मिलेर दुई पार्टी भएर संसारको इतिहाइकै विशाल पार्टी भएपनि तीन वर्ष पुग्न नपाउँदै फुट्नु दुभाग्र्य भएको बताउनुभयो ।
जनतालाई पाँच वर्ष होइन पचास वर्ष सम्म कम्युनिष्ट सकार कायम रहने आश्वासन दिएपनि प्रधानमन्त्री ओलीले मलामी बनाएको बताउनुभयो । पार्टी र जनमर्म विपरीत प्रधानमन्त्री ओली पुस ५ गते संसद विघटन गरेको बताउनुभयो ।
प्रचण्ड नेपाल समुहले जिल्लाको सदरमुका सिमकोट सहित अन्य गाउँपालिकामा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते गरेको संसद विघटन असंबैधानिक भएको भन्दै विरोध हुँदै आएको छ ।